हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

हुण्डीमार्फत् वार्षिक ३५ करोड रुपैयाँ मलेसिया जान्छ,रेमिटेन्स कम्पनीको भूमिका शङ्कास्पद

काठमाडौं– नेपालीहरूको रोजगारीको एउटा प्रमुख गन्तव्य मलेसियामा यतिबेला भिसा पाउने प्रक्रियाका लागि मात्रै कम्तीमा १८ हजार ६ सय ८० रुपियाँ बुझाउनुपरेको छ ।

विभिन्न शीर्षकमा विभिन्न स्थानमा पैसा असुलेर नेपाली कामदारहरूमाथि लुट भइरहेको छ । सरकारले फ्री भिसा र फ्री टिकट लागू गरी अधिकतम दश हजार रुपियाँ मात्रै लिन पाउने भने पनि मलेसिया जाने कामदारले म्यानपावर कम्पनीमा बुझाउने शुल्कबाहेक नै कम्तीमा १८ हजार ६ सय रुपियाँ तिरिरहेका छन् ।

माइग्राम्सका नाममा १ सय २५ रिङ्गेट मलेसियाली बैङ्कमा

अहिले मलेसिया जाने कामदारहरूले सुरुमै तिर्नुपर्ने रकम हो १ सय २५ मलेसियन रिङ्गेट ।केही समयअघिसम्म यो रकम डलरमा तिर्नुपर्ने थियो । यसअघि प्रतिकामदार ३० अमेरिकी डलर बेस्टिनेट कम्पनीलाई बुझाउनुपथ्र्यो । तर हालसालै मात्रै ३० अमेरिकी डलरलाई रिङ्गेटमा परिवर्तन गरिएको छ ।

अहिले प्रतिकामदार १ सय २५ रिङ्गेट मलेसियन कम्पनीलाई तिर्ने गरिएको छ । वैशाख १७ गतेको रिङ्गेटको एक्सचेन्ज रेट हेर्ने हो भने १ रिङ्गेट बराबर २७ रुपियाँ हुन आउँछ ।

यसरी एक कामदारले माइग्राम्स रजिस्ट्रेसनका लागि ३ हजार ३ सय ७५ रुपियाँ बुझउनुपर्ने हो । यद्यपि रोजगारीमा जान चाहने युवाले म्यानपावर व्यवसायीलाई भने प्रतिव्यक्ति ३ हजार ५ सय नेपाली रुपियाँ बुझाउने गरेका छन् ।

बायोमेडिकल अथवा स्वास्थ्य जाँचका लागि भन्दै मलेसियाको बेस्टिनेट नाम गरेको कम्पनीको बैङ्क खातामा प्रक्रिया सुरु गर्नुभन्दा पहिले नै रकम जम्मा गर्नुपर्छ ।

मलेसिया जाने कामदारहरूले म्यानपावर कम्पनीहरूलाई माइग्राम्स रजिस्ट्रेसनका नाममा सुरुमै ३ हजार ५ सय रुपियाँ तिर्ने गरेका छन् ।

रोजगारीका लागि मलेसिया जान लागेका युवाहरूले तिरेको उक्त रकम काठमाडौंलगायत देशका अन्य भागमा रहेका म्यानपावर व्यवसायीले मलेसियाको मे बैङ्कमा जम्मा गर्ने गरेका छन् ।

मलेसियाको मे बैङ्कमा रहेको बेस्टिनेट कम्पनीको खाता नम्बर ७१४४७७००१७२३ मा प्रतिकामदार १ सय २५ मलेसियन रिङ्गेट डिपोजिट गरेपछि मात्रै नेपालमा मेडिकल रजिस्ट्रेसन हुने गरेको छ ।

नेपालमा युवाहरूसँग रुपियाँमा लिएको उक्त रकम म्यानपावर व्यवसायीले डलरमा साटेर फेरि मलेसियन रिङ्गेटमा परिवर्तन गरी मलेसिया पु¥याइरहेका छन् ।

 कसरी पुग्छ मलेसियामा नेपाली पैसा ?

अहिले देशबाहिर पैसा पठाउनका लागि नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिनैपर्छ । राष्ट्र बैङ्कको नीतिअनुसार विदेशमा पठाउन परेमा राष्ट्र बैङ्कको स्वीकृति लिएर निश्चित राजस्व तिरेपछि मात्रै पठाउन मिल्छ ।

तर नेपाल राष्ट्र बैङ्कका अनुसार अहिलेसम्म माइग्राम्सका लागि भन्दै मलेसियामा पैसा गएको देखिएको छैन ।बैङ्किङ च्यानलबाट नगए पनि मलेसियामा कामका लागि जाने प्रत्येक नेपालीबाट प्रतिव्यक्ति १ सय २५ रिङ्गेट मलेसियामा पठाइरहेकै छन् ।

बैङ्किङ च्यानलबाट मलेसियामा पैसा नगएको भए अब कसरी मलेसिया पुग्दै छ त पैसा ? माइग्राम्सको विषयमा सुरुवातदेखि नै आक्रामक देखिएका नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङ हुण्डीबाट मलेसियामा पैसा गइरहेको दाबी गर्छन् ।

कुन व्यक्तिको बायोमेट्रिक गराउनुपर्ने हो, त्यो व्यक्तिका नाममा माइग्राम्स रजिस्ट्रेसन गराएपछि मात्रै बायोमेडिकल गराउन मिल्छ ।

त्यो पैसा मलेसियन बैङ्कमै जम्मा गर्नुपर्ने हुन्छ । तर नेपालबाट सोझै मलेसियन बैङ्कमा रकम जम्मा गर्न नमिल्ने भएकाले व्यवसायीले हुण्डीमार्फत् मलेसियामा पैसा पठाउने गरेका छन् ।


यदि बैङ्कमार्फत् नै पैसा मलेसिया पठाएको भए सरकारलाई पनि राजस्व तिर्नुपर्ने हुन्थ्यो । त्यति मात्रै होइन, मलेसियामा पनि बेस्टिनेट कम्पनीले आफ्नो आम्दानी र खर्चको हिसाब त्यहाँको सरकारलाई बुझाउनुपर्ने हुन सक्थ्यो ।

तर सानो सानो रकममा कुनै व्यक्ति वा समूहले रकम जम्मा गर्ने भएकाले बेस्टिनेट कम्पनीले हुण्डीमार्फत् पैसा ल्याएर आफ्नो खाता भारी बनाएको छ ।

वार्षिक ३५ करोड रुपियाँ हुण्डीमार्फत् मलेसियामा

विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने वार्षिक सरदर १ लाख नेपाली युवाहरू मलेसियामा रोजगारीका लागि जाने गरेका छन् ।पछिल्लो समय साउदी अरब र कतारमा रोजगारीको सम्भावनामा कमी हुँदै जानु तथा सुरक्षा दृष्टिकोणले पनि सहज नभएकाले नेपाली युवाहरू पुनः मलेसियातर्फ आकर्षित भएका छन् ।

आगामी वर्षहरूमा मलेसिया जाने नेपाली कामदारहरूको तथ्याङ्कले अझै उचाइ छुने सम्भावना बढ्दो छ ।

रेमिटेन्स कम्पनीको भूमिका शङ्कास्पद

मलेसिया जाँदा एकै व्यक्तिले १ सय २५ मलेसियन रिङ्गेटका दरले माइग्राम्स रजिस्ट्रेसन गर्दा वार्षिक करिब ३५ करोड रुपियाँ अवैधरूपमा मलेसियामा पुगिरहेको छ ।

यसरी अवैधरूपमा यो पैसा मलेसिया पु¥याउनमा मलेसियामा रेमिटेन्सको काम गर्ने केही नेपाली रेमिटेन्स कम्पनीहरूको प्रत्यक्ष संलग्नता रहेको छ ।

एक म्यानपावर व्यवसायीका अनुसार मे बैङ्कको खातामा जम्मा गरिने उक्त पैसा नेपालमा रहेको रेमिटेन्स कम्पनीमार्फत् भुक्तानी हुने गरेको छ ।

मलेसियामा रहेका नेपाली कामदारहरूले आफ्नो घरमा पैसा पठाउनका लागि मलेसियामा रहेका रेमिटेन्स कम्पनीमा रकम जम्मा गर्ने गरेका छन् ।

कामदारले रेमिटेन्स कम्पनीमार्फत् नेपाल पठाउन भन्दै जम्मा गरेको त्यो रकमको केही हिस्सा भने माइग्राम्सका नाममा तिनै रेमिटेन्स कम्पनीमार्फत् भुक्तानी हुने गरेको छ ।

नेपालका म्यानपावर कम्पनीहरूले भने त्यो पैसाका सिस्टममा नदेखिने गरी नेपालका रेमिटेन्स कम्पनीहरूलाई बुझाउने गरेका छन् ।

थप पैसा असुल्न अर्कै नाम !

‘माइग्राम्स’ खासमा बायोमेडिकलकै एउटा पाटो मात्रै हो । यो बायोमेडिकल गर्नुभन्दा पहिले गर्नैपर्ने विषय नै होइन । तर मलेसियाको बेस्टिनेट नाम गरेको कम्पनीले बायोमेडिकलको सफ्टवेयर दिएबापत म्यानपावर व्यवसायीमार्फत् कामदारहरूबाट यो पैसा असुल गरिरहेको छ ।

यतिसम्म कि मलेसियाको बेस्टिनेट कम्पनीलाई सन् २०१५ को जनवरीमा मलेसिया इमिग्रेसनमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि मलेसियाको इमिग्रेसनमा बेस्टिनेट कम्पनीलाई प्रतिबन्ध लगाएको भए पनि नेपालमा भने यही कम्पनीकै नाममा पैसा असुल भइरह्यो ।

सन् २०१५ को जनवरीमा मलेसियन सरकारले बेस्टिनेटलाई प्रतिबन्ध लगाए पनि नेपालमा भने यही कम्पनीकै नाममा माइग्राम्सदेखि अन्य सबै काम जारी नै रह्यो बेरोकटोक बेस्टिनेट कम्पनीको खातामा रकम डिपोजिट भइरह्यो ।

यद्यपि २०१७ को सुरुवातबाट भने मलेसिया सरकारले बेस्टिनेटमाथिको प्रतिबनध फुकुवा गरेको थियो र प्रमुख विपक्षी दलले यसको अझै पनि विरोध गरिरहेको छ ।

यसरी आवश्यक नै नभएको र कहीँ कुनै प्रयोगमै नआउने मात्रै होइन, मलेसियन सरकारको डाटा सेन्टरमा पहुँच नै नहुने माइग्राम्सका नाममा नेपाली कामदारहरूबाट पैसा असुल भइरहेको छ ।

नेपालमा बायोमेडिकल प्रणाली लागू गराउन मलेसियाको बेस्टिनेट नाम गरेको कम्पनीसँग तत्कालीन समयमा नेपाल स्वास्थ्य व्यवसायी महासङ्घले सम्झौता गरेको थियो ।

माइग्राम्स पनि यही बेस्टिनेट कम्पनीको बायोमडिकल अन्तर्गतकै एउटा पाटो मात्रै हो । हामीले माइग्राम्स कस्तो कार्यक्रम हो भनी नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका उपाध्यक्ष जीवनकुमार केसीलाई सोधेका थियौँ ।

तर माइग्राम्स बायोमेडिकलको कार्यक्रम नै नभएको भन्दै पन्छिए महासङ्घका वरिष्ठ उपाध्यक्ष जीवनकुमार केसी ।


नेपालमा जुन संस्थाले मलेसिया जान बायोमेट्रिकको अनिवार्य व्यवस्था गरायो, त्यही संस्थाका जिम्मेवार पदाधिकारीले माइग्राम्सबारे थाहा छैन भन्दा यसमा ठूलै चलखेल र जालझेल भएको आभाष हुन्छ ।

किनभने माइग्राम्स पनि बेस्टिनेट कम्पनीकै एउटा अभिन्न अङ्ग र कार्यक्रम हो भन्ने कुरा माइग्राम्स र बेस्टिनेट कम्पनीको बेभसाइटमै उल्लेख छ ।



माइग्राम्सका विषयमा विभिन्न खाले विवाद आएपछि परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली राजदूतावासलाई पत्र लेखेर माइग्राम्स के हो भनी सोधेको थियो ।

जवाफमा मलेसियास्थित नेपाली राजदूतावासले मलेसियाको उपगृहमन्त्रीसँग कुरा गर्दा माइग्राम्स मलेसिया सरकारको कार्यक्रम नभएको भनी जानकारीमा आएको भन्दै नेपालको परराष्ट्र मन्त्रालयलाई जवाफ पठाएको छ ।

हेर्नुहोस् मलेसियास्थित नेपाली राजदूतावासले २०७३ साल मंसिर २३ गते नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र ।


यसरी अहिले माइग्राम्सका नाममा अनावश्यक रूपमा नेपाली कामदारहरूबाट प्रतिकामदार १ सय २५ मलेसियन रिङ्गेट उठाइरहेका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष कैलाश खड्का, पूर्वअध्यक्ष प्रवीन तिवारी लगायतका केही पदाधिकारी र सदस्यहरूको भूमिका शङ्काको घेरामा रहेको समाचार रातोपाटीमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution