हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

भारतमा तीन सय परिवारले हिन्दु धर्म त्यागेर बौद्ध धर्ममा प्रवेश

भारतको गुजरात राज्यस्थित एउटा गाउँमा दलित समुदायका झन्डै तीन सय परिवारले हिन्दु धर्म त्यागेर बौद्ध धर्म अपनाएका छन्।

धर्मपरिवर्तन गरेकामध्ये उनामा भएको कुटपिटको घटनाका पीडित पनि छन्।

उनाको मोटा समाधियाला गाउँमा सन् २०१६ मा ‘गोरक्षक’ का रूपमा आफूलाई चिनाउने मानिसहरूले वाश्रम सरवैया तथा उनका भाइलाई गाई मारेको आरोप लगाउँदै अर्धनग्न पारेर कुटपिट गरेका थिए।

उक्त घटनापश्चात् गुजरातका दलितहरू आक्रोशित भए र उनीहरूले कैयौँ स्थानमा विरोधप्रदर्शन गरे।

त्यसरी रुष्ट भएका कैयौँ मानिसहरूले आइतवार बौद्ध धर्म अङ्गीकार गरेका छन्। उनाका पीडितहरूले यसअघि नै आफ्ना परिवारले धर्म परिवर्तन गर्न लागेको घोषणा गरेका थिए।

हिन्दु धर्ममा निरन्तर भेदभाव भोग्नुपरेको र राज्य सरकार आफूलाई कुनै पनि सहयोग नगरेको उनीहरूको आरोप थियो।

सरवैया परिवारले नै आइतवारको कार्यक्रम आयोजना गरेको थियो। सो समारोहमा गुजरातका विभिन्न भागबाट आएका दलितहरू सहभागी भएका थिए।

उना घटनापछि राष्ट्रिय स्तरमै चर्चा कमाएका जिग्नेश मेवाणीजस्ता दलित नेता भने उक्त समारोहमा उपस्थित भएनन्।

प्रतिज्ञा

पिता बालू सरवैया तथा नातामा भाइ पर्ने अशोक सरवैयासँगै बौद्ध धर्म अपनाएका वाश्रम, रमेश तथा बेचरले ‘अम्बेडकारका बाइस प्रतिज्ञाहरू’ दोहोर्‍याए।

ती प्रतिज्ञामा ‘हिन्दु देवीदेवतामा आस्था नराख्ने तथा हिन्दु रीतिरिवाजको पालना नगर्ने’ उल्लेख छ।

तापक्रम झन्डै ४३ डिग्री सेल्सिअस पुगेको भए पनि समारोहमा आएका सबैले कार्यक्रम नसकिएसम्म आफू बसेको ठाउँ छोडेनन्।

बीबीसी गुजरातीसँग कुरा गर्दै बालूले आफूले नयाँ जीवन सुरु गर्न लागेको बताए।

उनले भने, “हामी सबै राज्यमा बौद्ध धर्मको प्रवर्धन गर्न काम गर्नेछौँ र डा. बीआर अम्बेडकरले देखाएको मार्गमा हिँड्नेछौँ।”

किन धर्म परिवर्तन?

वाश्रम भन्छन्, “सम्मान पाइँदैन भने त्यो धर्म मान्नुको के अर्थ?”
सेतो वस्त्र लगाएका उनी समारोहस्थलमा भिड नियन्त्रण गर्न खटिएका कार्यकर्ताहरूलाई निर्देशन दिइरहेका थिए।

कडा सुरक्षा’

कार्यक्रम हुँदै गर्दा प्रहरी सतर्क अवस्थामा देखिन्थे।

उनाबाट मोटा समाधियाला गाउँ जाने बाटोमा प्रहरीको बाक्लो उपस्थिति थियो।


गीर-सोमनाथ जिल्लाका प्रहरी उपरीक्षकका अनुसार उक्त समारोहको सुरक्षाका लागि तीन सय ५० प्रहरी परिचालित थिए।

विहार बन्नेछ’

उनाका पीडित आफूहरूमाथि आक्रमण भएको स्थानमा एउटा बौद्ध विहार बनाउन चाहन्छन्।

 

यो त्यही ठाउँ हो जहाँ कुटपिट हुनुअघि जीविकोपार्जनका लागि उनीहरू गाईको छाला काढ्थे।

“यो त्यही ठाउँ हो जहाँ हामीमाथि कुटपिट भएको थियो। अब हामी यहाँ नै एउटा बौद्ध विहार बनाउन चाहान्छौँ।”

उनको परिवारले जग्गाका लिन आवश्यक कानुनी प्रक्रिया छिट्टै सुरु गर्ने भएको छ।

उनले भने, “हरेक गाउँमा मरेका गाईको छाला काढ्ने ठाउँ छ। यस्तो खालको जग्गाको रेखदेखको जिम्मेवारी प्राय: दलितलाई दिइएको हुन्छ। त्यसैले हामी यस्तो ठाउँमाथि आफ्नो अधिकार चाहान्छौँ।”

के हो उनाको घटना?

सन् २०१६ को जुलाई महिनामा दलितमाथि कुटपिट भएको एउटा भिडिओ सार्वजनिक भयो। त्यसप्रति देशभरि रहेका दलितहरूले आक्रोश व्यक्त गरे।

ठूलो स्तरमा भएका विरोधप्रदर्शनहरूपछि घटनाबारे उजुरी दर्ता भयो।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धी, बहुजन समाज पार्टीकी प्रमुख मायावती तथा गुजरातकी भूतपूर्व मुख्यमन्त्री आनन्दीबेन पटेलसहित कैयौँ नेताहरूले पीडितहरूलाई भेटे।

सो घटनामा संलग्न भएको आशङ्कामा ४५ जनालाई गिरफ्तार भए पनि हाल ११ जना मात्र थुनामा रहेका छन् । अरू सबै जमानतमा छुटेका छन्।

अधुरो वाचा’

गुजरातकी तत्कालीन मुख्यमन्त्री आनन्दीबेन पटेलले पीडितहरूलाई जागिर तथा खेतीपाती गर्न जग्गा उपलब्ध गराउने वाचा गरेकी थिइन्।

तर राज्य सरकारले त्यसबारे केही लिखित जानकारी आफूसँग नभएको जनाएको छ।

दलित समुदाय धर्म परिवर्तनको मन्जुरीका लागि चाँडै जनहित याचिका पनि दायर गर्ने मनस्थितिमा छ।

किनभने बौद्ध धर्म अपनाए पनि सरकारी दस्तावेजमा उनीहरूलाई ‘हिन्दु’ नै उल्लेख गरिएको छ।

उनाका दलित नेता केवलसिंह राठौर भन्छन्,”सन् २०१३ मा बौद्ध धर्म अपनाएका दलित अझै पनि सरकारी कागजपत्रमा आफ्नो धार्मिक हैसियत फेर्न कुरिरहेका छन्।”

गुजरातमा धर्म परिवर्तन रोक्नका लागि बनेको कानुन असंवैधानिक भएको तर्क गर्दै उनी चाँडै नै त्यसलाई अदालतमा चुनौती दिने बताउँछन्।

उना (गुजरात), बीबीसी हिन्दी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution