हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बुद्ध र भ्रम

मलाई एकजना पत्रकारले आज सोध्यो- बुद्ध धर्म जनजातिले मान्ने धर्म हो ? अनि फेरि लगत्तै सोध्यो- बुद्ध इन्डियामा जन्मेको पनि भन्छन नि ? पत्रकार महोदयको दरिद्र प्रश्न सुनेर एकछीन घोत्लिन बाध्य भए । मनमनै सोचे, हाम्रो समाजले बुद्ध जस्तो ज्ञानको भण्डारलाई तेरो र मेरो भनेर बिभाजन गरेको रहेछ र पो हाम्रो यो हविगत भएको रहेछ । बुद्ध बिचारलाइ एउटा राज्यको सिमाभित्र खुम्च्याउने र खोसाखोसको बिषय बनाउदो रहेछ र पो कहिल्यै शान्ती कायम नहुदो रहेछ । लाग्यो हामिले बुद्धलाइ चिन्न सकेनौ । चिन्नेहरुले धेरै फड्को मारेर अघि बढे, तर बत्ती मुनिको अध्यारो भने झै हामी नचिन्नेहरु बुद्धको महाज्ञानलाई तेरो र मेरो, तैले पढ्ने हो, मैले होइन भनेर जातको सिमारेखामा, देशको सिमा लगाएर गाड कोराकोर गर्दैछौ ।

म देख्छु र सुन्दैछु- बुद्धलाई धेरैले देवताको रुपमा मान्छन तर बुद्ध २५ सय बर्ष अघि जन्मिएका हामी जस्तै दुई हात, दुई आँखा भएका मान्छे हुन । हामी जस्तै प्राकृतिक प्रकृयाबाट उहाको जन्म भएको हो । उहाँ हिन्दु दर्शनमा व्याख्या गरिए जस्तो कतिपय दैवी पात्रहरु भुइ चिरा परेर, आकास फाटेर, धमिराको गोलाबाट प्रकट भएको होइन । उहालाई कालान्तरमा धर्मले भगवान बनायो तर उहाँ शिकारी युगमा जन्मिनु भएको एक महान दार्शनिक हुन ।

मान्छेहरु पाप मुक्ति र पुन्यको नाममा, दुखबाट छुटकारा पाउन अनेकौ देवि देवताको पूजा, आराधना गर्छन । मन्दिर धाउछन । जुन मन्दिरमा भगवान खुशी पार्ने नाममा एउटा निर्दोष प्राणिको बलि चढाइन्छ । जुन देवतामा दुख मुक्तिको लागि हामी शरण पर्छौ, उहीँ देवता दुखबाट मुक्त छैन भने कसरी अरुलाइ मुक्ती दिनसक्छ ।

रामले लुकेर रुखको आडमा बालिको हत्या गरे । यो अपराध कर्म थियो । कृश्नले १६ सय गोपिनी खेलाए, नदिमा निर्बस्त्र नुहाइरहेकाहरुको कपडा लुकाएर रमिता हेरे । बिष्णुले अर्काको श्रीमती बृन्दाको सतित्व डगाए । यो ब्याभिचारी कर्म थियो । यस्ता थुप्रै दैवी पात्रहरु छन, जो कुनै न कुनै दुखबाट मुक्त छैनन । तरपनी कविते, कथुकेहरुले वीरताको फुलबुट्टा भरेर कथा लेखे । हामिले त्यही भाग्यवादी दर्शनको मोटा पुस्तकहरु पढ्यौ र त्यही भाष्यले हामिलाइ बगायो । खोलाले बगाएको भए १, २ जना मर्थ्यो होला तर राज्यले अंगिकार गरेको धर्म, दर्शनले बगाएपछि बाचेर पनि सवै मर्यौ । मान्छेले बनाएको युरोप, अमेरिकाका मान्छेहरु चन्द्रमामा प्लटिङ गर्ने भैसके तर ३३ कोटि देवताले रक्षा गरिराखेको देशका हामी मान्छेहरु त्यही चन्द्रमालाइ ढोग्दैछौ ।

मैले भन्न खोजेको यसखालको दुखबाट आफै मुक्त नभएको पात्रको पूजा गरेर दुख मुक्त हुन्छु भन्नू माग्नेको घरमा जुहारत खोज्नु जस्तै हो । त्यहाबाट केही पाइन्न । जो आफै गरिव छ भने उसले अरुलाइ के दिनसक्छ ? त्यसैले दुनियाँमा अहिलेसम्म सवै खाले दुखबाट मुक्त हुनु भएको एउटै तथागत हुनुहुन्छ : उहाँ बुद्ध मात्र हो । जसले दुख मुक्तिको हरेक उपायहरु सुझाउन सक्नु भो । छोरा मरेपछि बिक्षिप्त बनेको आमा, नगरकै चर्चित यौनकर्ममा फसेकि महिला, धनको घमण्डले फुलेको मान्छे, शिकारी र कुख्यात हत्यारा यस्ता थुप्रै मान्छेहरुलाइ उहाले मुक्त गराउनु भयो । त्यसैले सवैखाले क्लेश, दुखबाट मुक्त हुनुभएको बुद्धको दर्शनलाइ जिवनमा प्रयोग गर्न सक्यौ भने मात्र शान्ती र सुख प्राप्ती हुनसक्छ । मन्दिरमा घण्टी बजाएर मनलाई पापको बन्दी बनायौ भने न शान्ती न सुख प्राप्ती नै हुनेछ ।

अर्को, बुद्धलाइ अहिलेपनी धेरैले शान्तिका अग्रदूत भन्ने गर्छन । यो भनाइ गलत छ । उहाँ कसैको दूत होइन । उहाँ कसैले पठाएर यहाँ आउनु भएको होइन । जसरी हिन्दु शास्त्रहरुमा रामलाई रावणको हत्या गर्न, कृश्नलाइ कंसको हत्या गर्न पठाएको बर्णन छ । बुद्ध कसैलाई मार्नको लागि कसैले पठाएर आएको होइन, उहाँ जतिसुकै अपराधी खराव मान्छे भएपनी आफ्नो बिचारबाट सत्कर्म तर्फ हिडाउन सकिन्छ भन्ने अदभूत क्षमताका तार्किक बिद्धान हुन । जसले ९९९ जनालाई हत्या गरिसकेका कुख्यात डाकु अंगुलिमालालाइ आफ्नो तर्कबाट भिक्षु बनाए । तसर्थ, बुद्ध बिष्णुको अवतार पनि होइनन र उहालाई कुनै देवताले पठाएको होइन । उहा आफैले भन्नू भएको छ, मेरो १ जन्म हो, यसपछी अर्को जन्म हुने छैन । उहाँ अवतारवादको बिरोधि हुनुहुन्थ्यो ।

त्यसैले बुद्ध त्यो युगका एक होनहार मार्कस भन्दापनी क्रान्तिकारी विलक्षण प्रतिभाका ब्यक्ती हुन । उनले ब्यक्त गरेको बिचारमा निजि सम्पतिको बिरोध गरिएको छ र जातिय बिभेदको आलोचना गर्नु भएको छ । यसबाट उनी समाजवादी बिचारक हुन भन्न सकिन्छ । उनको बेलामा समाजमा बर्ग भेदले त्यति ठाउँ पाइसकेको थिएन । तर जाती भेद थियो र दुख थियो । उनले दुख निवारणको उपाय पत्ता लगाए । मार्क्सको कालमा बर्ग भेद समाज बिकासको ठूलो बाधक बनेर निस्कियो र मार्क्सले बर्ग निवारणको उपाय खोज्नु भो । मार्क्सले बर्ग अन्त्यको लागि द्वन्द्ववादको फर्मुला अघि सारे । यो भनेको मजदुरको मुक्तिको लागि मालिकलाई सिध्याउनु पर्छ भन्ने हो । तर बुद्धले शान्तिवादी दर्शन प्रतिपादन गरे । यो भनेको दुवैको बिनाश बिना नै समाजको सवैखाले दुखको अन्त गर्नुपर्छ भन्ने हो ।

यसर्थ, बुद्ध तत्कालिन समाज रुपान्तरणको लागि शान्तिको मार्गबाट उपाय खोज्ने ठुला अभियन्ता हुन । जसले शिकारी युगमा बाडेको बिचार आजको कम्प्युटर युगमा पनि कुनै दर्शनले काट्न सकेको छैन । बरु यसैलाई समातेर थुप्रै कथित गुरुहरुले हाइब्रीड धर्म दर्शन उत्पादन गरिरहेका छन र दुनियालाइ बिभाजित गर्ने प्रयास गरिरहेछन ।

बुद्धलाइ चिनौ ! बुद्धको उपदेशलाई जिवनमा प्रयोग गरौ !! सवैखाले दुखबाट आजैदेखी मुक्त हौ !!! धन्यवाद ।।।

लेखक:मोहन गोले तामाङ (नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष हुनुहुन्छ)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution