अमेरिका निवासी चुन्डि बल तामाङ द्वारा गुम्बा निर्माणको लागि दुई लाख आर्थिक सहयोग प्रदान

पोखरा – २५६२ औ बुद्ध जयन्तीको अवसर पारेर अमेरिका निवासी चुन्डि बल तामाङ द्वारा गुम्बा निर्माणको लागि २ लाख सहयोग गर्नु भएको छ | बैदाम तामाङ समाजले गुम्बा निर्माण कार्य तिब्र गतिमा गरी रहेको छ | ४ बर्ष पहिला सुरु गरेको यो अभियानमा सोचे भन्दा पनि निर्माण कार्य तिब्र गतिमा बढिरहेको छ |
बैदाम तामाङ् समाज द्वारा आयोजित बुद्ध जयन्ती कार्यक्रममा नेपाल तामाङ युवा घेदुङ कास्कीका संस्थापक सचिव एवं तामाङ समाज अमेरिकाका निबर्तमान महासचिव अमर तामाङले उक्त रकम हस्तान्तरण गर्नु भएको थियो | लामा गुरुहरु द्वारा पाठ पूजा गरि सुरु गरेको कार्यक्रममा सभापतित्व बैदाम तामाङ् समाजका अध्यक्ष ज्याक तामाङ गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी तामाङ समाज अमेरिकाका निबर्तमान महासचिव अमर तामाङ् हुनु हुन्थ्यो |
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथी ज्युले बैदाम तामाङ् समाजले जुन ईच्छा शक्ति र इमान्दारिताले गर्दा आज छोटो समयमा तपाईहरु आफ्नो स्वमित्वमा आफ्नो गुम्बा बनाउन सक्नु भएकोमा सम्पूर्ण तामाङ् जातीहरु गर्बिलो महसुस भएको छ पोखराको अती नै ब्यस्त बस्ती टूरिस्ट आउने स्थान लेक साइड बैदाममा निर्माण हुँदै गरेको गुम्बालाई सहयोग गर्नु हुने अमेरिका निवासी तामाङ् समाज कनेक्कटीकेटका उपाध्यक्ष चुन्डि बल तामाङलाई धन्यवाद ज्ञापान गर्दै कोही व्यक्ति उपयोगी हुन्छन र कोही सफल उपयोगी ब्यक्ती त्यो हो जसले समाज वा राष्ट्रको लागि धेरै दिन्छ र आफुले थोरै लिन्छ अनि सफल ब्यक्ती त्यो हो जसले समाज वा राष्ट्रलाई थोरै दिन्छ र आफुले धेरै लिन्छ त्यसैले तपाईंहरु सम्पूर्ण उपयोगी भएकोले र कुसल नेत्रित्वमा पारदर्शी भएको कारणले आज यो निर्माण कार्य तिब्र गतिमा बडेको र सम्पूर्णलाई बैदाम तामाङ समाजलाई धन्यवाद दिनु भो भने बैदाम तमाङ समाजका अध्यक्ष ज्याक तामाङले सहयोग गर्नु हुने अमेरिका निवासि चुन्डि बललाई सात समुन्द्र पारी रहेर पनि हामीलाई सहयोग गर्नु भएकोमा खुशी ब्यक्त गर्दै धन्यवाद दिनु भएको थियो |
कार्यक्रम संचालक कार्यसमितिका सचिव ज्युले संचालक गर्नु भएको थियो |