हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

किन छोड्यो सर्वोच्चले चेलीबेटी बेचबिखनका ‘नाइके’ सुनबहादुर तामाङलाई

सुनबहादुर तामाङ नुवाकोटको दुप्चेश्वर-१ का वडाअध्यक्ष हुन् तर उनी अहिले केन्द्रीय कारागारमा छन्। कुनै मुद्दा धरौटीमा रिहा भएका कुनैमा बन्दीप्रत्यक्षीकरणबाट छुटेका उनी चेलीबेटी बेचबिखनको चौथो मुद्दामा सजाय पाएपछि जेल परेका हुन्।

यसअघि उनी चेलीबेटी बेचबिखनकै दुई वटा मुद्दामा धरौटीमा रिहा भएका थिए भने एउटामा सर्वोच्चले बन्दीप्रत्यक्षीकरणमार्फत् उनलाई छोड्न आदेश दिएको थियो।

सुनबहादुरविरूद्ध चेलीबेटी बेचबिखन गरेको पहिलो मुद्दा २०५१ सालको हो। त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो। तर उनी जेल गएनन्। प्रहरीले उनलाई ‘फरार’ सूचीमा राखेको थियो।

प्रहरीको फरार सूचीमा रहे पनि गाउँमा उनी ‘निस्फिक्री’ राजनीति गरिरहेका थिए। प्रहरीका अनुसार, घ्याङफेदि आसपासका क्षेत्रमा चेलीबेटी बेचविखनको उनको ठूलो सन्जाल छ। तिनै सुनबहादुरले २०७४ वैशाखको स्थानीय चुनावमा कांग्रेसबाट उम्मेद्वार बनेर वडाध्यक्ष जिते।

बेचिएर फर्किएका तीन महिलाले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत पुसमा तामाङलाई वडा कार्यालयबाटै पक्रिएको थियो। त्यसपछि तामाङविरूद्ध जिल्ला अदालत काठमाडौंमा २ वटा मुद्दा हाल्यो।

अदालतले माघ ५ गते दुबै मुद्दामा उनलाई धरौटीमा रिहा गर्न आदेश दियो। सामान्यत: चेलीबेटी बेचबिखनको मुद्दामा धरौटीमा रिहा गरिदैँन।

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले एउटा मुद्दामा ५ लाख र अर्को मुद्दामा ३ लाख रुपैँया धरौटी मागेर उनलाई छोड्ने आदेश दियो।

सुनबहादुरले जाहेरवालाहरूलाई नचिन्ने र चेलीबेटी बेचबिखन पनि आफूले नगरेको बयान दिएकै आधारमा अदालतले धरौटीमा छोडेको हो।

तामाङ प्रहरी हिरासतबाट छुटेको केही समयमै सुन्धाराबाट फेरि पक्राउ परे।

चेलीबेटी बेचबिखनको पहिलो मुद्दामा सुनबहादुरलाई नुवाकोट अदालतले २०६८ मा ६ वर्ष जेल सजाय गरेको थियो।

सिआइबीले सोही फैसला कार्यान्वयन गर्न उनलाई पक्रियो। सजाय भुक्तान गर्न सुनबहादुरलाई केन्द्रीय कारागार पठाइयो।

तामाङले भने सो फैसलाको सुनबहादुर आफू नभएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दिए। उनको रिटमा आफ्नो र सजाय पाउनेको ठेगाना फरक पर्ने जिकिर थियो।

उनको रिटमाथि पटकपटक गरी सर्वोच्चका पाँच न्यायाधीशले सुनुवाइ गरे। सुनबहादुरसम्बन्धी कागजात र रेकर्ड झिकाइयो।

जिल्ला अदालतका फैसला र अभियोग पत्रमा उनको ठेगाना घ्याङफेदी गाविस वडा नम्बर-६ र नागरिकतामा उनको ठेगाना सोही गाविस- ४ लेखिएको छ।

न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधानको इजलासले फागुन १५ गते पहिलो मुद्दाका जाहेरवाला दुई महिलालाई सुनबहादुरको सनाखत गर्न झिकायो।

महान्यायाधीवक्ताको कार्यालयले ती जाहेरवाला ल्याउन नुवाकोट प्रहरीलाई भन्यो।

नुवाकोट प्रहरीले जाहेरवाला दुई महिला गाउँमा फेला नपरेको पत्र सर्वोच्च अदालत पठायो।

‘गाउँघरमा सोधपुछ गर्दा काठमाडौंतर्फ गएको बुझिएको जाहेर छ,’ प्रहरीले पठाएको पत्रमा उल्लेख छ।

तीन महिनापछि वैशाख ८ गते उनको रिटमा सर्वोच्चले फैसला गर्‍यो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले चेलीबेटी बेचविखनमा कैद सजाय पाएका र जेलमा राखेका सुनबहादुर एउटै व्यक्ति नभएको भन्दै उनलाई छोड्न आदेश दियो।

यो मुद्दामा सर्वोच्च अदालतले सिआइबीका साक्षी नझिकाएकाले सुनबहादुर जेलमुक्त भएको महान्यायाधीवक्ता कार्यालय स्रोतको दाबी छ।

सुनबहादुरलाई सुरूमा पक्राउ गरेको सिआइबीले हो। त्यसैले उनले उसलाई विपक्षी बनाएका छन्।

सर्वोच्चले भने उनलाई पहिचान गर्ने सिआइबीका साक्षी झिकाएन।

जबकी सर्वोच्च अदालतलाई पठाएको लिखितजवाफमा सिआइबीले नुवाकोट अदालतले कैद सजाय सुनाइएका व्यक्ति यीनै हुन् भन्ने सनाखत गराएरै सुनबहादुरलाई पक्राउ गरेको दाबी गरेको छ।

सिआइबीले यस्तो जवाफ माघ १५ गते अदालतलाई पठाएको थियो। सनाखत गर्ने व्यक्तिको नामसमेत सिआइबीले लिखित जवाफमा लेखेको थियो।

सिआइबीको लिखित जवाफ आएको १ महिनापछि न्यायाधीशद्वय घिमिरे र मल्लको इजलासले जाहेरवाला झिकाउने आदेश गरेको हो। तर उक्त इजलासले सुनबहादुरलाई सनाखत गर्ने अन्य व्यक्ति झिकाएन। सिआइबीकै साक्षीलाई समेत झिकाएन।

आदेशपछि कारागारले सुनबहादुरलाई छोड्यो।

उनी छुटेर बाहिर निस्कन नपाउँदै सिआइबीले उनलाई फेरि पक्रियो। यसपालि सिआइबीले अर्को नयाँ फैसला कार्यान्वयन गर्न उनलाई पक्रेको हो।

उनी जेलमै रहँदा जिल्ला अदालत नुवाकोटले चैत ७ गते चेलीबेटी बेचविखनकै अर्को मुद्दामा सुनबहादुरलाई ३७ वर्ष जेल सजाय सुनाएको थियो। त्यही फैसला कार्यान्वयनका लागि सिआइबीले उनलाई फेरि पक्राउ गरेर जेल पठाएको छ।

सिआइबीको दाबी भने पुरानो फैसलाले कैद सुनाएका सुनबहादुर यीनै हुन् भन्ने छ।

०५१ सालमा प्रहरीले विपक्षीको निश्चित ठेगाना पत्ता लगाएर लेख्ने व्यवस्थित तरिका अपनाउँदैनथ्यो त्यसको फाइदा सुनबहादुरले उठाएको सिआइबी स्रोतको बताएको सेतोपाटीमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution