हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

मलेसियामा कामदार लाने नाममा लुटधन्धा

नेपाली अदक्ष र अर्धदक्ष कामदारका लागि रोजगारीको एउटा प्रमुख गन्तव्य हो मलेसिया । नेपालीमा जागिर नपाउँदा र आफूसँग सीप नहुँदा जाने करिबकरिब एक मात्रै गन्तव्य मलेसिया जानका लागि नेपाली बेरोजगार युवाहरूले भने लाखौं रुपियाँ बुझाउनुपरेको छ ।

रोजगारीका लागि मलेसिया जाने हो भने कति पैसा लाग्ला ? धेरैको जवाफ आउँछ मात्र १० हजार रुपियाँ । किनभने नेपाल सरकारले मलेसियामा कामका लागि जान भनेर तोकेको मूल्य १० हजार नेपाली रुपियाँ मात्रै हो । मतलब कुनै म्यानपावर व्यवसायीले नेपाली युवालाई मलेसियामा पठाउन चाहेमा सेवा शुल्कबापत १० हजार नेपाली रुपियाँ मात्र लिन पाउँछ ।

नेपाल सरकारले तोकेको मूल्यमा थप अधिकतम ४ हजार ५ सय रुपियाँ स्वास्थ्य परीक्षणका लागि भनेर रोजगारीमा जाने व्यक्तिले तिर्नुपर्छ । तर के साँच्चै मलेसिया जानका लागि १० हजार सेवा शुल्क र ४ हजार ५ सय स्वास्थ्य परीक्षण शुल्क मात्रै लिइरहेको छ त ? सत्य कागजी लिखतभन्दा धेरै फरक छ । अहिले मलेसिया जानका लागि कामदारले धेरैवटा पैसा असुल्ने ढाटहरू पार गर्नुपर्छ । त्यसपछि म्यानपावर कम्पनीलाई तिर्ने शुल्क त अझ अर्कै छ ।

अहिले पनि मलेसियामा ५ लाखदेखि ५ लाख ५० हजारको हाराहारीमा नेपालीहरू रहेका छन् । नेपालबाट वार्षिक रूपमा करिब एक लाखको हाराहारीमा युवाहरू रोजगारीका लागि मलेसिया पुग्ने गरेका छन् । मलेसिया जाने प्रोसेसिङदेखि भिसा लिने समयसम्मका लागि उनीहरूले प्रतिव्यक्ति सरदरमा एक लाख २० हजारका दरले पैसा तिर्ने गरेका छन् । एक लाख नेपाली युवाहरूले प्रतिव्यक्ति १ लाख २० हजार खर्च गर्दा मलेसिया जानका लागि वार्षिक १२ अर्बभन्दा बढी रकम खर्च भइरहेको छ ।

अहिले रोजगारीका लागि मलेसिया जान चाहनेले स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङकै लागि प्रतिव्यक्ति १८ हजार ६ सय ८० नेपाली रुपियाँ तिर्नुपर्ने हुन्छ । विभिन्न शीर्षक बनाएर विभिन्न किसिमका व्यक्ति र संस्था खडा गरेर बिलमा देखिने रकम नै १८ हजार ६ सयभन्दा बढी छ, जुन कामदार आफैले तिर्नु परिरहेको छ । भिसा प्रोसेसिङकै लागि लाग्ने प्रतिव्यक्ति १८ हजार ६ सय ८० रुपियाँमध्ये आधा पैसा त मलेसियामै जाने गरेको छ । अहिले मलेसिया जानका लागि विभिन्न स्थान र नाममा नेपाली युवाहरू लुटिँदै छन् । मलेसिया लुटधन्धाको इतिवृत्तान्त यस्तो छ ।

ढाट नम्बर १ : माइग्राम्सका लागि ३ हजार ५ सय रुपियाँ

मलेसिया जाने कामदार ठगिने पहिलो खुड्किलो हो, माइग्राम्स । बाहिरी देशबाट आउने आप्रवासी कामदारको डाटा सङ्कलन, संरक्षण अर्थात् रेकर्ड राख्ने एउटा सिस्टम हो, माइग्रान्ट म्यानेज्मेन्ट सिस्टम । जसलाई छोटकरीमा माइग्राम्स भन्ने गरिएको छ । माइग्राम्स बायोमेडिकल सिस्टमको एउटा पाटो हो । मलेसिया जाने कामदारको फिङ्गर प्रिन्टसहितको डाटा राख्नका लागि तयार गरिएको एउटा अनलाइन सिस्टम र सफ्टवेयर हो माइग्राम्स ।

मलेसियाकै पूर्वगृहमन्त्री अज्मी खालिदको नाममा रहेको बेस्टिनेट कम्पनीले मलेसियाको इमिग्रेसनमा बायोमेट्रिक प्रणालीमा काम गर्ने ठेक्का पाएको थियो । माइग्राम्स बायोमेट्रिक प्रणालीका लागि मेडिकल रजिस्टे«सन गर्न भन्दै तयार गरिएको नयाँ फन्डा मात्रै हो तर नेपाली कामदारहरूले माइग्राम्स रजिस्ट्रेसनका नाममा बेस्टिनेट नाम गरेको कम्पनीमा प्रतिकामदार ३० अमेरिकी डलर अर्थात् बुझाउनुपरिरहेको छ । अझ म्यानपावर कम्पनीले भने प्रतिव्यक्ति ३ हजार ५ सय रुपियाँ कामदारबाट असुल गरिरहेका छन् । आवश्यक नै नभएको माइग्राम्सका नाममा पहिलो खुड्किलामा नै नेपाली युवाहरूले मलेसियन कम्पनीलाई पैसा बुझाउनु परिरहेको छ ।

ढाट नम्बर २ : बायोमेट्रिकका लागि ४ हजार ५ सय रुपियाँ 

अहिले मलेसिया जाने कामदारहरूले अनिवार्य रूपमा बायोमेट्रिक वा बायोमेडिकल गराउनुपर्ने व्यवस्था गरिएको छ । सामान्य स्वास्थ्य परीक्षणबाट मलेसिया जान निषेध गर्दै सिन्डिकेट लागू गरिएको छ ।

मलेसिया सरकारले लागू गरेको भन्दै २०७२ सालको साउनबाट बायोमेट्रिक प्रणाली अनिवार्य गरिएको छ । त्यसअघि जम्मा २ हजार ६ सय रुपियाँमा हुने मेडिकल टेस्टमा बायोमेट्रिक प्रणाली लागू भएपछि प्रतिव्यक्ति ४ हजार ५ सय रुपियाँ लिइरहेका छन्, जबकि स्वास्थ्य परीक्षण गर्नुपर्ने सङ्ख्यामा कुनै वृद्धि भएको छैन । अहिले बायोमेट्रिकका नाममा व्यक्तिको फिङ्गरप्रिन्ट र बायोडाटा तथा पासपोर्टको स्क्यान कपी व्यक्ति पुग्नु अगावै मलेसिया पुग्ने गरेको छ । मलेसियाको इमिग्रेसनमा मेडिकल चेक नहुने भए पनि नेपालमा लिइने फिङ्गरप्रिन्ट, फोटो आदि सबै काम त्यहाँ फेरि हुन्छ । तर यही प्रक्रियाका लागि भन्दै बेस्टिनेट कम्पनीमार्फत् नेपालका ३८ वटा स्वास्थ्य संस्थाले बायोमेट्रिकका नाममा प्रतिव्यक्ति ४ हजार ५ सय रुपियाँ लुटिरहेका छन् ।

ढाट नम्बर ३ : इमिग्रेसन सेक्युरिटी क्लिअरेन्सका नाममा ३ हजार २ सय रुपियाँ

मलेसिया जाने कामदार लुट्ने अर्को संस्था हो जीएसजी कम्पनी । महाराजगञ्जको निर्मलनिवास नजिकै कार्यालय रहेको जीएसजी कम्पनीले मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लिरेन्स सर्टिफिकेटका नाममा कामदारबाट अर्को ३ हजार २ सय रुपियाँ लुट्ने गरेको छ । नेपालको जीएसजी कम्पनी तीन व्यक्तिका नाममा दर्ता गरिएको छ । पहिलो जी अर्थात् गोविन्द थपलिया, बीचको एस अर्थात् सुरेश र अन्तिमको जी अर्थात् गोपाल गुरुङ । यी तीन व्यक्तिको नाममा दर्ता भएको जीएसजी कम्पनीले मलेसिया सरकारको एक अङ्ग भन्दै नेपालमा आईएससी अर्थात् ‘इगिम्रेसन सेक्युरिटी क्लिरेन्स’ सर्टिफिकेट दिने गरेको छ ।


आईएससी मलेसियाको भीएफएस ग्लोबल र एस फाइभ बायोटेक कम्पनीको एउटा सफ्टवेयर प्रणाली हो । मलेसिया सरकारले केही निश्चित देशमा यो सिस्टम लागू गरेको हो । तर यसका लागि थप शुल्क लिने कि नलिने, कसले कति लिन पाउने भन्ने स्पष्ट उल्लेख गरेको छैन । तर नेपालमा भने प्रतिव्यक्ति ३० अमेरिकी डलर अर्थात् नेपाली रुपियाँ ३ हजार २ सय रुपियाँ उठाएर आईएससीका नाममा नेपाली युवाहरूमाथि अर्को लुट भइरहेको छ ।

ढाट नम्बर ४ : भीएलएन र वान स्टप सेन्टरलाई ६ हजार रुपियाँ

मलेसिया जाने नेपाली कामदार लुटिने अर्को संस्था हो भीएलएन र वान स्टप सेन्टर । पहिले भीएलएनका नाममा प्रतिव्यक्ति ३० अमेरिकी डलर अर्थात् ३ हजार २ सय लिँदै आएको भीएलएन नेपाल नामक कम्पनीले अहिले यसमा वान स्टप सेन्टर थप गरेर प्रतिव्यक्ति थप २ हजार ८ सय रुपियाँ असुल गरिरहेको छ । दुईवटा संस्था खडा गरेर भीएलएन र वान स्टप सेन्टरले अहिले प्रतिव्यक्ति ६ हजार रुपियाँ लिइरहेको छ । मलेसियाको एम्बेसीलाई भिसा प्रोसेसिङमा सघाउ गर्नेगरी भीएलएन नेपाल खडा गरिएको थियो ।

मलेसियन भाषामा भिजा लुअर नेगेरा भनेको विदेशी भिसा भन्ने हो । विदेशबाट आउने व्यक्तिहरूलाई यो पद्धति लागू गरिएको थियो । तर अहिले भीएलएन सिस्टम हटिसकेको छ । भीएलएन सिस्टम हटिसके पनि नेपालमा भने अहिले पनि भीएलएनकै नाममा बिल काटिन्छ र प्रतिव्यक्ति ६ हजार रुपियाँ लिने गरिन्छ ।

ढाट नम्बर ५ : भिसा शुल्कको नाममा थप ७ सय रुपियाँ

अहिले भिसा प्रोसेसिङका लागि कामदार वा म्यानपावर व्यवसायी सोझै एम्बेसी जान पाउँदैनन् । त्यसका लागि वान स्टप सेन्टर भन्ने नयाँ कम्पनी खडा गरिएको छ, जहाँबाट मात्रै एकीकृत रूपमा पासपोर्ट सङ्कलन हुन्छ र भिसा लगाउने काम हुन्छ । त्यसका लागि भीएलएन र वान स्टप सेन्टरलाई एकमुष्ट रूपमा ६ हजार रुपियाँ तिर्नुपर्छ । त्यसबाहेक यही वान स्टप सेन्टरलाई मलेसियामा जाने नेपाली कामदारका लागि ७ सय रुपियाँ भिसा शुल्क पनि बुझाउनु पर्छ । दुई फरकफरक कम्पनी हो भने पनि भीएलएन र वान स्टप सेन्टरका मालिक भने विभिन्न व्यवसायमा हात हालेका रामप्रसाद श्रेष्ठ हुन् ।

ट्राभल एजेन्सीलगायत विभिन्न पेसा र व्यवसायमा हात हालेका श्रेष्ठले भीएलएन भन्ने कम्पनी २ करोड नेपाली रुपियाँमा किनेका थिए । त्यसपछि अहिले भीएलएन नेपाल र वान स्टप सेन्टरको काम लैनचौरको मेट्रो पार्कमा रहेको एउटै कार्यालयबाट सञ्चालन भइरहेको छ । वार्षिक करिब १ लाखका हाराहारीमा नेपाली कामदारहरू मलेसिया जाने गरेका छन् । जसबाट एउटै व्यक्तिको यी दुई कम्पनीले वार्षिक करिब ६० करोड रुपियाँ सङ्कलन गर्ने गरेको छ । तर यो पैसा कहाँ जान्छ, कसरी जान्छ त्यसको लेखाजोखा छैन र यो लुट धन्दामा श्रम मन्त्रालय र समग्र सरकारले मौन सहमति र स्वीकृति दिएको छ, लुट्न र लुटाउन सहयोग गरिरहेको छ ।

ढाट नम्बर ६ : भ्याटका नाममा अर्को ७ सय ८० रुपियाँ

विभिन्न संस्था खडा गरेर नेपाली कामदारबाट रकम लुट्ने मात्रै होइन, सेवा शुल्कमा समेत अहिले मलेसिया जाने कामदारहरुले भ्याट तिर्नु परिरहेको छ । अहिले भिएलएन र वान स्टप सेण्टरले भिसा प्रोसेसिङका लागि लिने शुल्क ६ हजार मा १३ प्रतिशत भ्याट थप गरी पैसा असुल्ने गरिएको छ । सेवा शुल्वापत लिने ६ हजार रुपैयाँमा अहिले ७ सय ८० रुपैयाँ भ्याट लिने गरिएको छ ।

यसरी मलेसियामा रोजगारीका लागि जाने सोझा नेपाली कामदारहरूबाट प्रतिव्यक्ति १८ हजार ६ सय ८० रुपैयाँ रुपियाँ उठाइने गरिएको छ । सरकारले १० हजार सेवा शुल्क र अधिकतम ४ हजार ५ सय मेडिकल चेकजाँचको शुल्क भने पनि मलेसिया जाने कामदारहरूले म्यानपावरमा बुझाउने रकमबाहेक नै प्रतिव्यक्ति १८ हजारभन्दा माथि बुझाइरहेका छन् । सडकमा बाँसको ढाट राखेर सडक कर उठाएझैँ अहिले मलेसिया जाने कामदारहरूबाट ठाउँठाउँमा यस्ता अवैध ढाटहरू राखेर विभिन्न व्यक्ति तथा संस्थाले लुट मच्चाइरहेका छन् । श्रम समिति, श्रम मन्त्रालय र पूरै सरकार यो लुटमा साक्षी बनिरहेको छ । रातोपाटि






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution