हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

यौनलाई अश्लील भन्नु गलत हो: साहित्यकार ध्रुवचन्द्र गौतम

साहित्यकार ध्रुवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् ।

हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् । २०७४ मा उनको ‘एक आनाको जमाना’ नामक अनुभव उपन्यास प्रकाशनको अन्तिम चरणमा छ । उनै गौतमसँग साहित्यको विभिन्न पाटोबारे शुक्रवार साप्ताहिकले गरेको कुराकानी :

 

यो विषयमा लेख्छु भनेर विषयको छनोट कसरी गर्नुहुन्छ ?

समाजबाटै लिने हो । वर्तमान समाजको मान्छेको सोचाइ बुझाइलाई नै मैले लेखनमा उतार्ने गरेको छु । कुनै पनि विषयवस्तु, आइडिया अथवा प्लट भनु त्यो मेरो दिमागमा फ्याट्ट आउँछ । जब केही फुर्छ अनि म लेख्न थाल्छु । लेख्छु भनेर सोच्नेबित्तिकै झलल्ल परेको उज्यालो आउँछ । त्यो एक निमेषको उज्यालोलाई टपक्क टिपेर लेख्न थाल्छु ।

‘उपसंहार तथा चौथो अन्त्य’ उपन्यासको रवि भन्ने पात्र कसरी छान्नुभयो ?

हाहाहा… त्यो पनि त्यतिबेलाको समयअनुसारको हो । पहिले विषय हुन्छ । त्यो पछि पात्र आउँछ । कस्तो आउने भन्नेकुरा थिमले बताउँछ । किन आयो भन्न गाह्रो छ ।

विषयवस्तुको छनोट कसरी गर्नुहुन्छ ?

‘अलिखित’ उपन्यास मेरो गाउँको अनुभव हो । धेरै ठाउँमा जाँदा धेरै थरिका मान्छे भेटिन्छन् । त्यहाँ धेरै थरिका मान्छेको संगत हुन्छ । त्यस्ता विषयवस्तुलाई लिएर आफ्नो काल्पनिकता अझ भनांै कलात्मकता भरेर लेख्ने हो । लेखक सधैँ एउटै विषयवस्तुमा केन्द्रित हुनुपर्छ भन्ने छैन । त्यसकारण धेरै विषयवस्तु हुने हो । कुन आउँछ भन्ने एकिन हुन्न । जम्मै कुरा वर्तमान समयको पात्र तथा विषयवस्तु हुन् ।

विषयवस्तुको प्राथमिकता त होला नि ?

विषयवस्तु भन्ने कुरा जतिबेला पनि हुन्छ । कुनै निश्चित समयमा हुन्छ भन्ने हुँदैन । हाम्रो वरिपरि २४ घण्टा विषयवस्तु घुमिरहेको हुन्छ । तर, सबैलाई सबैखाले विषयवस्तुले सबैलाई आकर्षण गर्छ भन्ने होइन । एउटै घरका मान्छे पनि कोही लेखक, कोही इन्जिनियर हुन्छन् । टिपिने क्षमतामा भर पर्छ । जुन कुराले छुन्छ त्यही हुन्छ । जुन विषयवस्तु देख्नेबित्तिकै बत्ती बिजुली चम्केजस्तो हुन्छ त्यसैलाई टिपेर लेख्न थाल्छु ।

पात्र छनोटको कुनै विधि छ त ?

लेखकले पात्र दिनरात देखिरहेको भेटिरहेको हुन्छ । थिम आएपछि कुन पात्र कहाँ उपयुक्त हुन्छ त्यहीँ राख्ने हो । प्रत्यक्ष भेटेका पात्रलाई उसको असली रूपलाई नमासिने गरी काल्पनिकतामा ढालिन्छ ।

वादबाट प्रभावित हुनुहुन्छ पनि भनिन्छ नि ?

मलाई अरूले अस्तित्ववादी विसंगतिवादीबाट प्रभावित छ भन्छन् । तर, म आफँै स्वयंलाई केहीबाट प्रभावित छु जस्तो लाग्दैन ।

पञ्चायतकाल, संवैधानिक राजतन्त्र, गणतन्त्र सबै अवस्थामा तपार्इंको कलम चलिरहेको छ । यस्ता राजनैतिक परिवर्तनले एउटा लेखकलाई कस्तो प्रभाव पार्छ ?
समाजमा घटेका प्रत्येक घटनाले साहित्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीले पञ्चायत कालमा पनि त्यो व्यवस्थाविरुद्ध लेख्यौं । त्यहीबेला मैले ‘डापी’ भन्ने पुस्तक निकालेँ, त्यतिबेला समालोचना गर्नेले भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएको हुँदा उतैको घटनाअनुसार पुस्तक लेखिएको भनेर लेखे । म त्यतिबेला पिएचडीका लागि भारतमा बसेको थिएँ । तर त्यो विषयवस्तु नेपालकै थियो, नेपालकै शासन व्यवस्थाविरुद्ध लेखिएको थियो र नेपालमा लेखिएको थियो । प्रकाशन मात्र ढिला भएको थियो । समालोचकले नै पञ्चायतविरुद्ध भन्न सकेनन् । खराबी अहिले पनि लेखिन्छ । तर, त्यो बेलाको जस्तो लेखनमा अहिले गाह्रो छैन ।

तपार्इंले पञ्चायतविरुद्धको पुस्तक लेख्दा समाजमा कस्तो प्रभाव परेको थियो ?

समाजले जसरी साहित्यलाई प्रभाव पार्छ त्यसरी नै साहित्यले पनि समाजमा प्रभाव पर्छ । पञ्चायतकालमा मैले ‘डापी’ पुस्तक लेख्दा एउटा घनको काम गरेकै हो । त्यस्तै अरू धेरै घनहरु ठोकिँदै गए र त्यो शासन व्यवस्था हट्यो । एक झटारोले परिवर्तन हुँदैन, त्यहाँ त सयाैं झटारोहरु पर्न आवश्यक छ । ५ जनाले पढे पनि ५ जनाको मानसिकता त परिवर्तन हुन्छन् । त्यो बेला प्रभाव भने राम्रै परेको थियो ।

पहिले र अहिले लेख्दा के फरक पाउनुहुन्छ ?

पहिले र अहिलेका पात्र फरक हुन्छन् । अहिले धेरै परिवर्तन भइसक्यो । त्यो बेला सत्ताको विरोध गर्दा पनि सांकेतिक तरिकाले गर्नुपथ्र्योे । अहिले लेखनमा कलात्मकताको अभाव छ । जे लेख्न पनि स्वतन्त्रता भए पनि कलात्मकताको अभाव छ जस्तो लाग्छ । अहिले प्रतिस्पर्धा भनेकै आफैँसँग हो । पहिले लेखक थोरै हुन्थे । नोटिस हुन्थ्यो । अहिले लेखेर मात्र हुँदैन, प्रचार–प्रसार पनि गर्न सक्नुपर्छ ।

अहिलेको लेखनप्रति सन्तुष्ट हुनुहुन्न हो ?

अहिले निस्केका सबै पढेको छैन तर जति पढेको छु राम्रै छन् । लेखक पनि बढेका छन् । साहित्यकार संख्यात्मक र गुणस्तर सबै बढेका छन् । हामी युवा छँदा लेख्दाखेरि स्वतन्त्रताको चाहना राख्दै लेखिन्थ्यो । तर अहिले त्यो छैन । अहिले कलात्मक बनाउने भन्ने हो । अहिले स्वतन्त्रता छ तर कलात्मकताको अभाव छ । लेखनमा कलात्मकता हुन जरुरी छ ।

पहिलेका साहित्यकार र अहिलेका साहित्यकारमा के फरक पाउनुभएको छ त ?

पहिले र अहिले धेरै फरक छ हामीले हातले लेख्थ्यौ । अहिले पनि म हातैले लेख्छु तर अहिले त्यस्तो छैन । स्रोत साधन प्रशस्त छन् । ज्ञान पनि बढेको छ । नयाँ कुरा आएको छ । राम्रो पनि लेखिरहेका छन् तर कलात्मकताको अभाव भने छ ।

कृतिमा के फरक छ ?

अहिले समाज धेरै परिवर्तन भएको छ । पहिले शासकको विरोधी कृति आउँथे । अहिले सिमान्तकृत समुदाय पीडामा परेका मान्छेहरुको कुरा आउन थालेका छन् । पहिले पनि आउन त स्थलगत आउँथे तर कमै हुन्थे, अहिले आएका कृतिहरुमा सामाजिक मुद्दाहरु बढी आउन थालेका छन् ।

अहिले बढी अश्लीलता छाएको छ भन्ने सुनिन्छ । हो त ?

यो गलत हो । तपाईं केलाई अश्लीलता मान्नुहुन्छ त्यसले फरक पार्छ । हामी युवा छँदा समाजले अश्लील मान्ने कुरा अहिले समाजले सहजै स्वीकार्छ । यदि यौनलाई अश्लील भन्नुभएको हो भने पनि गलत हो । के यौन अश्लील हो र ? सान्दर्भिक बनाएर यौनका कुरालाई कलात्मक ढंगले साहित्यमा उतार्दा अश्लील हुँदैन ।

व्यक्तिगत प्रसंगतिर जाउँ है त । तपार्इं कतिबेला पढ्नुहुन्छ ?

यतिबेला पढ्ने भन्ने नै छैन । यदि कुनै पुस्तकको विषयवस्तुले तान्यो भने बिहानबेलुका राति जतिबेला पनि पढेकै हुन्छु । आफ्नो पुस्तक लेख्दा लेख्दै पनि पढिरहेको हुन्छु ।

कुन उमेरको हुनुभयो ?

म २००० मा वीरगञ्जमा जन्मेको हुँ ।

कहिलेदेखि लेख्न थाल्नुभएको नि ?

लेख्न त २०१० सालदेखि सुरु गरेको हुँ । छापिएको रूपरेखा पत्रिकामा २०२० सालबाट कविता, कथा छापिन थालेको हो ।

पहिलो पुस्तकको प्रकाशन कहिले गर्नु भएको हो ?

पहिलो उपन्यास ‘अन्त्यपछि’ भन्ने २०२४ सालमा छापिएको हो ।

लेखक नबन्नुभएको भए के बन्नुहुन्थ्यो ?

मलाई गाउन खुब मन पर्छ । पहिलेबाटै । सायद गायक पो बन्थेँ कि !

तपाईंका लागि साहित्य के हो ?

अंग्रेजीमा प्यासन भन्छन् क्यारे त्यही हो ।

नागरिक /शुक्रबार बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution