हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

आदिवासी राई जातीको चण्डी नाचको चिनारी र महत्व

विजय सन्तोषी राई

नेपाल एक बुहजाती, वहुभाषिक, वहुसांस्कृतिक राज्य हो । जुनसुकै धर्म,वर्ण ,समुदाय,जातजातिको भएपनि आफ्नो भाषा, लिपि, संस्कृतिको संरक्षण र सम्वद्धन गर्नु राज्य र हामी सवैको कर्तब्य र जिम्मेवारी हो। त्यसैगरी अहिले  धार्मिक स्थल तथा धार्मिक गुठीहरुको पनि संरक्षण उत्तिकै आवाश्यक रहेको छ ।

नेपालको आदिवासी किराती राईहरुको पनि आफ्नो छुट्टै पहिचान छ उनीहरुको आफ्नौ धर्म आफ्नै भाषा,आफ्नै संस्कृती रहेको छ नेपालको कुल जनसंख्या मध्य करिव ७ लाख जती यि समुदायका मानिसहरु छौ । आदिवासी किराँतीहरु प्रकृति पुजक भएकाले प्रकृतीलाई खुशी पार्न बालीनाली राम्रो होस भनेर बाली लगाउने समय बैसाख पूर्णिमा अर्थात चण्डी पूर्णिमा र बाली नाली भित्र्याउने समय मंसिरे पूर्णिमा अर्थात धान्यपूर्णिमा बर्षको दुई पटक विशेष गरी प्रकृतिको पुजा गरी खुशीयाली साथ चण्डिनाच नाचिन्छ । यस पटक बैसाख १७ गते  बैसाखी पूर्णीमा को दिन देखी उभौली पर्वको रुपमा आदिवासी किराँती राईहरुले बढीमा १५ दिन सम्म चण्डी नाच नाच्दै मनाउँछन ।

राई जातिको विशेष पहिचान र महत्वको रुपमा रहेको (चण्डी) नाच नै हो । हुनत आफ्नो भाषागत भौगोलिक कारणले गर्दा यसलाई ठाउँ र स्थानका साथै हाम्रो समुदायको पाछा अनुसार बेग्ला बेग्लै भाषाले अभिव्यक्त गरिन्छ । चण्डीनाचलाई राईहरुले सोकला, साङपाङ राईहरुले साख्ने, थुलुङ राईहरुले तोषी, वान्तवा राईहरुले साकेन्वा आदि इत्यादि नामले भन्ने गरिन्छ । तर जुन नामले भनिए पनि नाच उही चण्डीनै हो । साकेन्वा चण्डी भनेको पृथ्वीपालक, मानवपालक, सम्पूर्ण जीवजन्त प्राणीहरुको जिवन रक्षा गर्ने कोमल हृदय भएकी प्रकृतिदेवी बातावरण आदिको नाम हो ।

किराती राईको चण्डी पूर्णिमा अर्थात बैसाखी पूर्णिमा र मंसिरे पूर्णिमा धान्य पूर्णिमामा विशेष महत्वको चाड भएकोले यो पर्वलाई  उनीहरुले सास्कृतिक महोत्सवको रुपमा समेत मनाउदै आएका छन् । यस पटक बैसाखी पूर्णिमा बैसाख १७ गते पनि किरात राई समुदायको घना वस्ती रहैको स्थानहरुमा सास्कृतिक महोत्सवको रुपमा धुमधामसंग चण्डी नाच्न विशेष कार्यक्रमहरु रहेको छ ।
विशेषगरी किराती राईको प्रमुख वस्ती रहेको पूवी पहाडका धनकुटा, भोजपुर, संखुवासभा , खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखम्बु, सुनसरी, मोरङ, पाचथर, इलाम, झापा लगायतका जिल्लाहरुमा चण्डी नाच नाचिन्छ । यसका अलावा काठमाण्डौ, ललितपुर र भक्तपुरका साथै विदेशमा दार्जिलिङ्ग, सिक्किम, यूके र हङकङ्गमा समेत किराती राईहरुले भव्य रुपमा नाच्छन। यस नाचमा केटा केटी देखी तरुनी तन्नेरी बुद्ध बुद्धासमेत समेत सोई ढोले सोई अर्को ढोले खोईको गितमा उफ्री उफ्री मच्ची मच्ची फूर्तीका साथ नाच्छन ।

चण्डी नाचको उत्पत्तिको वारेमा राईहरुको किंबदन्ती अनुसार सारा ब्रह्माण्डका सृष्टि निनाम्माले गरे । तर ब्रम्हाण्ड शुन्य थियो । शुन्य ब्रम्हाण्डको शासकको रुपमा पारुहाङ्गको सृष्टि भयो । यसैगरी ब्रम्हाण्डलाई सुन्दर बनाउन निनाम्माले सुम्निमाको सृष्टि गरिन्। सुम्निमा बढ्दै विस्तारै जवान हुदै गईन । तर धर्तीमा चराचुरुगी पशुपन्छी बाहेक एक्लै थिईन । सुम्निमा धर्तीमा एक्लै भएको देखी स्वर्गबाट पारुहाङ्गले उपहारस्वरुप सुनको काइयो खसालिदिए । सुम्निमाले आश्चर्यचकित हुदै उपहारदातालाई पत्ता लगाउन चिफुर्के चरालाई स्वर्गतिर पठाईन । ती चरादुत मार्फत स्वर्ग र धर्तीको वीच सुसम्बन्ध स्थापित भयो । पारुहाङ्गले चरादुत मार्फत धर्तीप्रति आफ्नो अथाह मोह भएको सन्देश पाएपछि सुम्निमा खुशीले गद्गद् भईन ।

पूर्णिमाको टहटह जुन लागेको प्रकृती बैंसले मातेको धर्ती शरद ऋतुको समयमा पारुहाङ्ग धर्तीमा उत्रे । पारुहाङ्ग धर्तीमा उत्रेको थाह पाएपछि सुम्निमाका सारा साथीहरु चराचुरुङगी, पशुपन्छिहरु खुशीले उफ्रन, कराउन थाले। नदीनालाहरु कलकलाउन थाले। फूल अनि बनस्पतीहरुले सारा सुवासना छरे। यही समयमा सुम्निमा र पारुहाङ्गको मिलन भयो । सुम्निमा र पारुहाङ्गको  मिलनपश्चात् पारुहाङ्गको इच्छाअनुसार सारा पृथ्वीको भ्रमणमा निस्के । जाँदाजादै बाटामा पारुहाङ्ग तपस्यामा वस्ने भए । उत्ता सुम्निमा गर्भवती भईन ।

चराचुरुङगीहरुको सहयोगमा सुम्निमाले मनुष्य, बाघ, भालु र बास गरी चार सन्तानको जन्म दिईन । उनीहरुको नाम क्रमश हेन्कुवुङ,किवा,माक्सा र साम्बा राखिन् । उता आफ्नो तपस्या सकेर पारुहाङ  कुटी फर्केर आए। आफ्ना तपस्या सफल भएको खुशीले नाच्न थाले । त्यही नाचलाई राईहरुले पारुलाक भन्ने गरेको पाईन्छ । सुम्निमाका चार सन्तानहरुमा विस्तारै आपसी मेलमिलाप हुन छाड्यो । यो देखेर सुम्निमाले मनुष्यलार्ई पृथ्वीको राजा ,बाघलाई जंगलको राजा, भालुलाई छाडा र वासलाई संरक्षण गर्ने बरदान दिईन ।

पारुहाङले आफ्ना सन्तानको लागी बालीनालीको पनि सृष्टि गरिदिए । त्यसैले यो नाचमा बालीनाली लगाउने, उठाउने जस्ता सिलीहरु चण्डीनाच नाच्दा नाच्ने गरेको पाईन्छ । चण्डी नाच ६-६ महिनामा गरी बर्षमा २ पटक नाच्ने चलन छ । बसन्त ऋतुमा बालीनाली राम्रो होस, शुख शान्ति आरोग्य रहोस भनी चण्डिपूर्णिमामा अर्थात बुद्धपूर्णिमा सुम्निमाको सृष्टि भएको देखि लिएर अष्टमीको दिन सम्म गरी जम्मा ९ दिन नाच्ने चलन छ जसलाई उभौली सेवा र अर्को ६ महिना पश्चात् शरद ऋतुपश्चात् पाकेको बालीनाली आफ्ना पितापुर्खा,सुष्टिकर्ताका नाममा  चढाउदै ढोल, झ्याम्टा, धनुकाँड, अदुवा, मर्चाको पूजा गर्दै मंसिरे (धान्य) पूर्णिमाको दिन नाच्ने चलन छ । यसलाई चाही उधौली सेवा भनिन्छ ।

विशेषगरी ढोल,झ्याम्टा,धनुकाड,अदुवा,मर्चाका साथ पुजा गरी सुष्टि र प्रकृतिको पूजा गर्नु तब मात्र तिमीहरुको कल्याण हुन्छ अनी सुख शान्ति हुन्छ भनी स्वर्ग लागेकाले सृष्टिकर्ता र पितापुर्खाको नाममा पूजा गर्ने र खुशीयालीमा चण्डी नाच्ने चलन रहेको हो । वास्तवमा यो नाच हेर्दा वा नाच्दा अत्यन्तै रोचक र रमाईलो हुन्छ । चण्डी नाचमा विभिन्न प्रकारका सिलीहरुमा नाच्ने चलन छ । जसमध्य सुम्निमा सिली र तावमा खियामा सिली रहेको पाईन्छ । सुम्निमा सिलीमा धान रोप्ने गोड्ने, काट्ने भेला पार्ने झाट्ने जस्ता लगायतका सिली नाच्ने गरिन्छ । तावमा खियामा सिली अन्तर्गत कपास छर्ने, टिप्नेदेखी लिएर तान बुन्ने आदिजस्ता सिलीहरुमा नाच्ने गरिन्छ । यी हाते सिलीको अलवा खुट्टाको सिली पनि नाच्ने चलन छ । खुट्टाको सिली विशेष गरी चाम्लिङ्ग राईहरुमा र बान्तवा राईहरुमा हातको सिली नाच्ने गरेको पाईन्छ । यसरी विशेष महत्वको रुपमा रहेको प्रमुख चण्डि नाच दिन प्रतिदिन आधुनिकरण र पश्चिमिली सस्कृतिको प्रभाव बढ्दै गरेकोले लोप हुदै हराउने डर भएकोले यसको संरक्षण र संवद्धनका लागी अहिले सम्वन्धित किरात राई यायोक्खा लगायतका  जातीय संस्था र राज्यबाट समेत विशेष पहल  हुदै आएकोले यो नाच किरात राई वस्तीहरुमा अहिले व्यापकताका साथ उत्साहपूर्ण ढंगले नाच्न थालिएकोले यो नाच लोपोन्मुखबाट मुक्त हुन थालेको छ ।

(लेखक किरात राई योयोख्या धनकुटा र किरात राई पत्रकार संघ धनकुटाको सल्लाहकार हुन्।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution