इजरायलमा चर्चित सांगीतिक समुह ‘मन्त्र ब्याण्ड’को साथमा प्रिती आलेको कन्सर्ट हुदै

तेलअविव – इजरायल गोरखा एसोसिएसनको आयोजनमा लोकप्रिय सांगीतिक समुह मन्त्र ब्याण्ड र प्रिती आलेको बिशेष प्रस्तुतिका साथ आउँदो १८ मे २०१८ (शुक्रबार) तेलअविव युनिभर्सिटी हलमा लाइभ कन्सर्ट गर्ने भएको छ |
कार्यक्रमबाट संकलित रकम विपन्न परिवार र आपतकालिन अवस्थामा रहेका नेपाली र नेपाली भाषीलाई सहयोगार्थ कोष स्थापना गर्ने उद्धेश्य रहेको संस्थाकी महासचिव अर्चु गुरुङले तामाङअनलाइनलाई बताउनु भएको छ | कार्यक्रमको प्रवेश शुल्क १५० सेकेल रहेको छ |
लन्डनमा भएको कार्यक्रमको लाइभ कन्सर्टको भिडियो
दक्षिण कोरियामा भएको कार्यक्रममा चर्चित गायिका प्रिती आले मगरको प्रस्तुति