बैशाख महिनाको पुर्णिमाको महत्व संगै भगवान बुद्धको संक्षिप्त परिचय

तामाङ अनलाइन-बिश्व शान्तिका महान अग्र नायक तथागत शाक्यमुनि भगवान गौतम बुद्ध अहेतु प्रत्यय,नित्य स्वउत्पत्ति लोक सृष्टिकर्ता जस्तो नभई सर्व प्रथम हामी जस्तै बाल पृथक थिए ।
अाफु सुख चाहने र दुःख नचाहने भएको ले सुख सिद्ध गरी दुःख लाई हटाउने सबै भन्दा उत्तम उपाय के हुन सक्छ होला त भनी असंख्या कल्प सम्म बिचार गर्दा अन्तमा गएर कर्म हेतु फलमा अाश्रित भएर विविन्न सुख दुःख को उदय हुने कुराको बोध गर्नु भई मध्यम मार्ग प्रतित्यसमुत्पातको सिद्धान्त लाई अाधारमा राखी
अाकाश ब्यापी सम्पुर्ण प्राणीहरू लाई दाय माया मैत्री करूणाको प्रचुर शाक्तीद्धारा सर्व प्रथम बोधी चित्त उत्पान्न गर्नुभयो। मध्यम अवस्थामा तीन असंख्या महाकल्पसम्म पुण्य सम्भार र ज्ञान सम्भार संचित गर्नुभयो। अन्तमा रूप धातुको शिर्ष स्थान अकनिष्ठघण रमणिय भुमीमा सम्याक संबोधी प्राप्त गर्नु भएर असंख्य निर्माणकायहरू निर्माण गरेको मध्ये एक निर्माणकाय काम धातुमा भएको देवभुवन तुषितामा देवपुत्र बोधीसत्व श्वेतकेतुमा जन्म लिनु भएर त्यहाँका धेरै देवगणहरूलाई सदमार्ग देखाउनु भयो।
त्यस पश्चात जम्बुद्धीपमा अाउने समयानुकुल भए पछि (पञ्च दर्शन) वा पाँच विषय वस्तु लाई हेर्नु भयो।
पञ्च दर्शन के के हुन त?
(१) गोत्र (२) स्थान
(३) समय काल (४) वंश
(“५) जन्म दिने अामा गरि पाँच विषय वस्तु हुन ।
गोत्र राजकुल, स्थान कपिलवस्तु, समय पंच कषाय काल, वंश शाक्य सुर्यवंशी, अामा महा माता मायादेवी गरी पञ्च विषय लाई हेर्नु भई सर्वप्रथम तुषित भुवनबाट सेतो हात्तीको रूपमा जम्बुद्धीपमा अवतरण गर्नु भयो ।
त्यसपछि राजा शुद्धोदनकी महारानी मायादेवीको कोखमा प्रवेश गर्नु भयो।
त्यसपछि दश महिना गर्भबास गर्नु भएपछि बैशाख महिनाको पुर्णीमाको दिनमा लुम्बिनीको अति रमणीय बगैंचनमा बोधीसत्व सिद्धार्थ गौतम को अश्चर्य जनक लक्षण पुर्ण जन्म हुनु भयो। त्यसपछि अनेक कलाका साथसाथै जे जस्तो कुरा सिके तापनि सजिलैसंग बुझ्ने। यसरी अनेक प्रकारको संसारिक कला तथा विधिहरूमा विना कठिनाई पारंगत हुनु भयो। त्यसपछि पिता शुद्धोदनको इच्छा अनुरूप राजकुमारी यशोधरा सँग विवाह बन्धनमा बाँधिएको लीला देखाउनु भयो।
त्यसपश्चात पिताको अनुमति लीएर संसारिक प्राणीहरूको स्थिति अवलोकन गर्न राज महल बाट बाहिर जाँदा बाटोमा बूढो मगन्ते रोगी मरेको मान्छेको लाश बोक्दै गरेको देख्नु भयो । यसरी यी सबै दृष्यहरू प्रत्यक्षरूपले देख्नुभएर यस संसारको स्वभावलाई राम्ररी बुझ्नु भई संसार केवल दुःखै दुःखको सागर भएको बोध गर्नुभई मनमा संसार देखी अति वैराग्य उत्पन्न भयो । यसरी संसारको दुःख देख्नु भएपछि यस संसारलाई त्यागेर जसरी भएपनि मोक्ष लाभ गर्छु भन्ने दृढ संकल्पका साथ राज महल को सुख सयल सहयोगी परिचरजन र सबै धन सम्पत्ति त्यागेर वनगमन गर्नु भयो ।
यसरी वनगमन गर्नु भइसकेपछि विशुद्धो स्तुपको अगाडी बस्नु भई अाफ्नो कपल अाफै मुण्डन गरी प्रव्रजित हुनुभयो। त्यसपछि भिक्षामा अाश्रित जीवीका चलाई कुनै पनि वस्तुप्रति रागरहित तवरले वैराग्य साथ महान प्रायसद्धारा धर्मको अभ्यास गर्नुभयो । विषेश गरी नैरन्जना नदीको तिरमा ६ वर्षसम्म कठोर तपस्या गर्नु भयो I त्यसपछि बुद्धत्व प्राप्तिको लीला देखाउनका निम्ति उत्तम स्थान बोधगयाको बोधीवृक्ष मुनि प्रस्थान गर्नुभएको लीला देखाउनु भयो। त्यसपछि बोधी वृक्ष मुनि अासन ग्रहण गरी वैशाख महिनाको चर्तुदशीको साँझ मार दमन गरी साँझपखको मध्य प्रहरमा भवनामार्गको साधना ध्यान गर्नु भएको लीला देखाउनु भयो।
त्यसिछि त्यसको अन्तिम प्रहर बैशाख महिना पुर्णिमाको दिन विहानी पख सम्याक संबोधिप्राप्त हुनुभएको लीला देखाउनु भयो । त्यसपछि अाफुले प्राप्त भएको गम्भीर शान्त, निष्प्रपंच, प्रभास्वर, असंस्कृत अमृतमय धर्मलाई बुझाउन खोजे तापनि त्यो धर्म सुन्न सक्ने पात्र भएको ब्याक्ती नभईको ठहर गरी ४९ दिन सम्म घण जंगलभित्र ध्यान अवस्थामा बस्नुभयो।
त्यो समयमा धर्म सुनौनु होस भनी लौकिक देउता ईन्द्र देव र ब्रह्मा देवले दहिने संख र स्वर्णले अलंकृत गरेको चक्र चडाई पटक पटक धर्म देशन गर्नको निम्ति विन्ति चडाई रहेको अवस्था र प्रवचन दिने समय अाईसकेको पनि देख्नु भई तथागतले प्राणीहरूको ईन्द्रिय क्षेमता अा-अाफ्नो सोच अनुरूप हीनायाना, महायाना, बज्रयानाको धर्म देशना गर्नु भएको लीला देखाउनु भयो ।
अन्तमा तथागत भगवान बुद्धले सम्पुर्ण धर्मको देशना गर्नु भएर प्राणीहरूको अनुतार परोपकार गरेपछि बैशाख महिनाको पुर्णिमाको दिनमा कुशीनगरमा पाल्नु भई महापरिनिर्माण लिनु भएको लीला दर्शाउनु भएको थियो।
त्यसैले बैशाख महिनाको पुर्णिमाको दिन तथागत भगवान बुद्धको जन्म दिन, ज्ञान प्राप्त भएको दिन, महानिर्माण प्राप्त लिएको दिन, हुन गएकोले अति महत्व पुर्ण दिन हुन गएको हो त्यसैले यस महान पुण्य तिथिको दिनमा सनु कुशल पुण्य कर्म गरे पनि लाखौमा बृद्धि भएर जाने छ, त्यसैले हामी सम्पुर्णले यो महान पुण्य तिथि लाई धुम संग मनाउ ल्हसो फ्याफुल्ला टाशी देलेग शुभमंगलम।।
बैशाख महिना को पुर्णिमा।।
जन्म ज्ञान निर्माण प्राप्तको दिना।।
स्मरण गर्छौ तिम्रो सन्तान ।।
अाजको पुण्य तिथि मा ।।
बुद्धम शरणम गछ्यामी।I
धर्मम शरणम गछ्यामी।।
सघंम शरणम गछ्यामी।।
सम्पादक तथा लेखकः लामा पाल्साङ नोर्बु तामाङ (बोम्जन )