बौद्धनाथ स्तुपामा २५६२ औं बुद्ध जयन्तीको अवसरमा विषेश कार्यक्रमको आयोजना

काठमाडौं । भगवान गौतम बुद्धको २५६२ औं जन्म जयन्तीको अवसर पारेर बौद्धनाथ स्तुपामा विषेश कार्यक्रमको आयोजना गरिनेभएको छ । विश्वमा नै शान्तिको कामना गर्दै विषेश पूजा गरी बुद्धजयन्तीको तयारी थालिएको छ ।
८४ लाख देवी देवताको विषेश पूजा सहित देश र विश्वमा शान्ति ,समृद्धि छाओस् भन्ने उद्देश्य सहित भगवान गौतम बुद्धको अस्त धातुलाई विश्व यात्रा गराई प्रदर्शन समेत गरिने जानकारी आयोजकले दिएका छन् ।
मेलमिलाप, प्रेम सद्भाव र समस्त प्राणीको हितमा बुद्घको सन्देश प्रवाह गर्नका लागि विशेष पूजाको आयोजना गरिएको धर्मगुरु रिन्पोछे भूपति बज्र लामाले जानकारी दिनुभयो ।
यस्का साथै २५६२ औं बुद्ध जयन्तीका लागि बौद्घ नाथ क्षेत्र वरपर तयारी समेत तीव्र पारिएको छ ।