हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

उत्तर र दक्षिण कोरियाबीच आणविक निशस्त्रीकरणमा सहमति

सोल : उत्तर र दक्षिण कोरियाबीच आणविक निशस्त्रीकरणमा सहमति भएको छ। शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलनमा उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच यस्तो सहमति भएको हो। दुवै नेताहरु विभाजित कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम गर्नका लागि आणविक निशस्त्रीकरणका लागि सहमत भएको एएफपीले जनाएको छ।

सम्मेलनपछि दुवै नेताले संयुक्त रुपमा ‘आणविक मुक्त कोरियाली प्रायद्वीपका लागि आणविक निशस्त्रीकरणको साझा लक्ष्य’ घोषणपत्र समेत सार्वजनिक गरेका छन्।

सहमतिपत्रमा हस्ताक्षर पछि दुवै नेताहरुहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग मित्रवत र मुस्कानसहित उपस्थित भएका थिए।

दुवै नेताबीच ६५ वर्ष अगाडि भएको कोरियाली युद्धको स्थायी समाधानका लागि समेत सहमत भएका छन्। त्यस्तै दक्षिण कोरियाली राष्ट्रपति मुनले यही वर्ष प्योङ्याङ भ्रमणमा जान सक्ने समेत बताइएको छ।

शिखर वार्तामा दुवै नेताबीच निरन्तर बैठक र टेलिफोन संवादमा रहने सहमति भएको छ।

यो घोषणापत्रलाई ‘पानमुनजोम डिक्लेरेशन’को रुपमा लिइएको छ।

सहमति पछि उत्तर कोरियाली नेता किमले भने, ‘म दक्षिणतिको कंक्रिट ब्ल्कमा पाइला टेक्दा अत्यन्त भाबुक भएको छ।’ कोरियाली युद्धको समापन पछि किम दक्षिण कोरिया प्रवेश गर्ने पहिलो सर्वोच्च नेता हुन्।

‘म यहाँ नयाँ इतिहासको सुरुवात भएको संकेत दिनको लागि आएको हुँ,’ शिखर सम्मेलनपछि किमले भने, ‘दुवै कोरियाले हाम्रो पुरानो दुर्भाग्यपूर्ण इतिहासलाई नदोहोर्‍याउने प्रतिवद्धता समेत जनाउँछौँ।’

दुई कोरियाली अधिकारीहरुले आधिकारिक रुपमा दुई कोरियाबीचको दशकौँ लामो युद्धको अन्त्यको घोषणा हुने विश्वास समेत लिएका छन्। यी दुई मुलुक अझै पनि प्राविधिक रुपमा युद्धमै रहेको भन्दै युएस टुडेले भनेको छ ‘यी दुईबीच हतियार प्रयोग नगर्ने सन्धीमा हस्ताक्षर भएसँगै युद्ध अन्त्य त भएको छ। तर शान्ति सन्धी भने हुन सकेको छैन्।’

पछिल्लो समय उत्तर कोरिया विश्व समुदायसँग सम्बन्ध बढाउने अभियानमा रहेको छ। उत्तर कोरियाली नेता किम गत महिना मात्र बेइजिङको भ्रमण गरेका थिए। त्यस्तै आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्ने छन्।

सन् २०११ मा उत्तर कोरियाको शासनमा आएपछि किम अन्तर्राष्ट्रिय जगत देखि टाढै थिए। तर पछिल्लो दुई महिना अगाडि दक्षिण कोरियामा भएको विन्टर ओलम्पिक देखि दुई कोरियाबीचको सम्बन्ध सुधार भएको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution