तामाङ भेषभुषा र डम्फुरे सेलो संगै सांसद नविना लामाको विवाह (भिडियो)

याम्बु – लामो समयको प्रेम पाश्चत सांसद नविना लामा १३ बैशाख २०७५(बिहिबार) अनेरास्ववियुका पूर्व नेता प्रवीण श्रेष्ठसँग बैबाहिक सम्बन्ध गाँसेकी छिन् |
लामाले विवाहमा तामाङ जातिको पोशक लगाएका थिए भने प्रवीणले नेपालि ढाकाको दौरा सुरुवाल लगाएका थिए |तामाङ संस्कृतिलाई डम्फु बजाएर पाहुनाहरुलाई स्वागत गर्नुको साथै डम्फुरे तामाङ सेलोले विवाहलाई थप मनोरंजन बनाएको थियो |
नविना लामाको घर काभ्रे कोशीपारी मादनकुडारी हो भने वहांको श्रीमान प्रवीण श्रेष्ठको घर पनि काभ्रे पाँचखाल नै हो |
नविना लामाको विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत बिभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सह्भागि थिए |