कुवेतमा २५६२ औ बुद्ध जयन्ती भब्यताका साथ मनाउने तयारी

नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा आदिबासी जनजाति महासंघ कुवेतको संयोजक र आदिवासी जनजाती सस्थाहरुको सहकार्यमा २५६२ औ बुद्ध जयन्ती भब्यताका साथ मनाऔ,बिश्व भर शान्ति को शन्देश फैलाऔ ” भन्ने मुल नाराका साथ आउदो ३० अप्रिल २०१८ (सोमबार) अल हाइथम इन्डियन रेस्टुरेन्ट, फर्वानियामा दिउँसो ५ बजे देखि बुद्ध जयन्ती मनाउने भएको छ|
कार्यक्रममा उपस्थिति जनाइदिनु भै कार्यक्रम भब्य सभ्य तरिकाले सम्पन्न पारिदिन महत्त्वपूर्ण भुमिका खेलिदिनहुन सबैमा नेपाल तामाङ घेदुङ कुवेत आयोजक, आदिवासी जनजाती महासङ्घ कुवेत संयोजक र सम्पुर्ण आदिवासी जनजाती घटक सस्थाहरु द्वारा सामुहिक रुपमा हार्दिक
अनुरोध गरेको छ |
ब्यानर सौजन्य : हितामाया तामाङ ( नेपाल तामाङ घेदुङ कुवेत महिला विभाग प्रमुख )