पोखरामा तामाङ लोकवार्ता कार्यक्रम सम्पन्न

पोखरा । २५६२ औं बुद्ध जयन्तीको सु-अवसरमा नेपाल तामाङ घेदुङ कास्कीको आयोजनामा ‘ बौद्ध दर्शन र तामाङ समुदाय’ विषयक तामाङ लोकवार्ता कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा सहजकर्ता एवं प्रमुख वक़्ता धन प्रसाद तामाङले बौद्ध दर्शन र तामाङ समुदायको ऐतिहासिक पक्षमा खोजमुलक विचार पस्कनु भएको थियो ।हामी तामाङ समुदाय बौद्धमार्गी भएतापनि व्यवहारत प्रयोग हुन नसकेको गुनासो गर्नुभयो । न्याय समानता प्राणी जगतको कल्याण र दिगो शान्तिका लागि एकमात्र मार्ग भनेको बौद्ध दर्शन भएको ठोकुवा समेत गर्नुभयो ।
टिप्पणीकार द्वय तामाङ घेदुङका पुर्व केन्द्रीय कावा अध्यक्ष कुमबहादुर तामाङ र नेताघे प्रदेश नं.४ तमुवान-मगरात का अध्यक्ष दिपक वाईबा तामाङ विचार पोख्नुका साथै छारग्यामका अध्यक्ष राम बहादुर लोप्चनले आफ्ना जिज्ञासा राख्नुभएको थियो ।
जिल्ला अध्यक्ष कृष्ण तितुङ्गको अध्यक्षताद्वारा स्वागत र कार्यक्रमको औचित्य बारे बोल्नुभएको थियो भने सन्चालन सचिव सुन्दर थोकर र धन्यवाद सहित समापन उपाध्यक्ष टेक बहादुर स्याङ्बोोले गर्नुभएको थियो ।कार्यक्रममा गायक कलाकार अविनाश घराद्वारा सुमधुर गीत सुनाउनु भएको थियो ।
२०७५ बैशाख १३