नविना लामाले विहे खर्च कटाएर मिर्गौला रोगीलाई आर्थिक सहयोग

काठमाडौं । नेकपा एमालेकी सांसद तथा अनेरास्ववियु अध्यक्ष नविना लामाले आफ्नो बिबाह खर्चबाट कटाएर दुवै मिर्गौला फेल भएका एक बिरामीलाई आर्थिक सहयोग गरेकी छन् ।
बिहीबार अनेरास्ववियुका पूर्व नेता प्रवीण श्रेष्ठसँग बैबाहिक सम्बन्ध गाँसेकी लामाले दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचाररत प्रेम बगालेलाई आर्थिक सहयोग गरेकी हुन् ।
लामाले विवाहमा तामाङ जातिको पोशक लगाएका थिए भने प्रवीणले नेपालि ढाकाको दौरा सुरुवाल लगाएका थिए |अनेरास्ववियुका पाल्पा जिल्ला अध्यक्ष २२ वषर्ीय प्रेम बगालेलाई लामाले १ लाख ५१ हजार १११ रुपैयाको चेक विवाह खर्चबाट कटाएर हस्तान्तरण गरेको थिए |
लामाको विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत बिभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु सह्भागि थिए |
२०७५ वैशाख १३ गते