हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

बाबु हुनु त यस्तो, सुपा तामाङ जस्तो

धुन्चे, रसुवा  । चप्पल फाटेर प्वालै प्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उध्रिँदै गएका छन् ।

टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका ।  चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो । तर ४८ वर्षीय  सुपाले सन्तानप्रति पोखेको माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बन्न पुगेको छ ।

उनले यहाँस्थित जिल्ला अस्पतालको शैयामा मृत्युसँग जुधिरहेकी आफ्नी सुत्केरी छोरी र नवजात शिशुलाई थप उपचार गर्न निजी खर्चमा काठमाडौँबाट हेलिकप्टर मगाई आफ्नो वात्सल्यलाई डगमगाउन दिएनन् । उदाहरणीय र अनुकरणीय बाबुको कर्तव्य पालन गर्न चुकेनन् ।

अस्पताल परिसरमा टहलिँदै आकाशमा कुन बेला हेलिकप्टर देखिन्छ भनेर पवित्र गोसाईकुण्ड हिमशृङ्खलातर्फ हेरिरहेका पार्वतीकुण्ड गाउँपालिका गोल्जुङ–१ निवासी ४८ वर्षीय सुपाले गहभरी आँशु पार्दै भने, “डाक्टरले जति छिटो हुन्छ, आमा—शिशुलाई काठमाडौँ पु¥याउनुहोस्, आमा शिशु दुवैको जीवन खतरामा छ, शिशुको त झन्  वढी खतरामा छ, हामीले गर्नसक्ने जति उपचार यहाँ गरिसक्यौँ भन्नुभएको छ ।”

“अस्पतालको ढोकामा झुण्ड्याइएका एम्बुलेन्सका चालकहरुको नम्बरमा कुनैसित पनि सम्पर्क भएन । एम्बुलेन्स पाइएन । हेलिकप्टर नै मगाउनु प¥यो । ज्यानभन्दा ठूलो त पैसा होइन नी ! छोरी  र नाति बाँचे भने त सके  तिर्लान् । नसके जसो होला होला जस्ता लाग्यो । अलिकति पाटा ( जमिन) थियो, लालपूर्जा राखिदिन्छु भनेर ऋण लिएर हेलिकप्टरका लागि पैसाको जोहो गरेँ ।” उनले  मलिन हुँदै भने ।

दुई छोरी र दुई छोराका पिता सुपाकी जेठी छोरी दावा ग्याल्मो घले सात महिनाको गर्भवती अवस्थामा एक्कासी रक्तस्राब हुन थालेपछि नजिकको गोल्जुङ स्वास्थ्य चौकीमा पुगेकी थिइन् । “स्वास्थ्यकर्मीले तुरुन्त धुन्चेस्थित जिल्ला अस्पतालमा  लैजानुस् भने । बाटोमा ल्याउँदा बाटोमा झन् खुन गयो,” अस्पतालको मूलढोकामा नै झरेको रगत देखाउँदै दावाका पति कर्मा तामाङले भने ।

यहाँस्थित १५ शैयाको जिल्ला अस्पतालमा शल्यक्रियाद्वारा बच्चा जन्माउने जनशक्ति र आईसीयूसमेत छैन ।

“हामीकहाँ ल्याइपु¥याउँदा बिरामीको निरन्तर रगत गइरहेको थियो । सबै परीक्षण गर्दा आमा र पेटभित्रको शिशुको अवस्था सामान्य थिएन । रगत रोक्ने काम गरेँ । रगत बग्न रोकिएपछि बच्चा सकुशल कसरी निकाल्न सकिन्छ भनेर आफूले अध्ययन गरेका सबै चिकित्सकीय ज्ञानलाई प्रयोग गरेँ । करिब तीन घण्टाको अथक प्रयासछि विना शल्यक्रिया पेटभित्रबाट शिशु निकालेँ ।  सुत्केरी हुन दिन पुगेकै थिएन । शिशुको तौल कम थियो ।  थप उपचार सेवा दिने उपकरण, विशेषज्ञ र दक्ष चिकित्सक तथा रक्तसञ्चार सेवासमेत नभएकाले काठमाडौँ रिफर गरेँ,” चिकित्सक नितुकुमारी झाले भनिन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणनिधि शर्माका अनुसार अझै ७५ प्रतिशत गर्भवती आमा घरमा नै सुत्केरी हुन्छन् भने २५ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदै आएका छन् ।

वर्षेनी करीव नौसयदेखि एक हजार गर्भवती हुने आमामध्ये करीव २५० ले मात्र  जिल्लाभर रहेका १३ वटा बर्थिङ सेन्टरबाट गतवर्ष सेवा लिएका थिए । रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution