हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारीबारे रक्षामन्त्री पोखरेलद्वारा जानकारी

बुटवल । रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि नेपाली सेनाले करिब एक महिनाको अवधिमा निर्माण गरेको तीन हजारभन्दा बढी क्षमताको सभागृह तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सम्बन्धमा जानकारी लिन रक्षा मन्त्री पोखरेल आज लुम्बिनी आएका हुन् ।

उनले भने – “यही वैशाख १५ र १६ गते आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले नेपालसँगै अन्तर्राष्ट्रिय जगतमा समेत महत्वपूर्ण सन्देश दिने भएकाले यसलाई सफल बनाउनु सबैको कर्तव्य हो ।”

नेपाली जनताको आस्थाको धरोहर लुम्बिनीको संरक्षण तथा प्रचारप्रसार गर्ने काम सबैको चासोको विषय हुनुपर्ने पनि उनले बताए ।

लुम्बिनीको विकासमा स्थानीय जनता, नागरिक समाज, राजनीतिक दलको विशेष चासो भएमा यसको विकास प्रभावकारी ढंगले अगाडि बढाउन सकिने बताउँदै उनले भने, “राष्ट्रिय गौरवको साझा महत्वपूर्ण क्षेत्रको संरक्षण, सम्वद्र्धन र सुरक्षामा सबै लाग्नुपर्छ ।”

उनले लुम्बिनीको योजनाबद्ध विकासका लागि चार दशकदेखि कार्यान्वयनमा रहेको लुम्बिनी गुरुयोजनाको काम विगतमा देशमा जारी द्वन्द्व लगायतका कारणले प्रभावकारीरुपमा अघि बढ्न नसकेको स्वीकार्दै सरकारले लुम्बिनीको विकासका लागि राजनितिक क्रिडास्थल बन्न नदिने, योग्यता, क्षमता र योगदानलाई हेरेर दक्ष र विज्ञ व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिने समेत बताए ।

रु चार करोड लागतमा उक्त सभागृह नेपाली सेनाले करिब एक महिना लगाएर निर्माण सम्पन्न गरेको हो ।

लुम्बिनीमा हुने तीन दिने कार्यक्रमको सम्पूर्ण तयारीका बारेमा मन्त्री पोखरेललाई प्रदेश ५ का पर्यटन मन्त्री लीला गिरी र लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इन्जिनियर सरोज भट्टराईले जानकारी गराएका थिए ।

सो अवसरमा मन्त्री पोखरेलले जिल्लास्थित उच्च सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग सम्मेलनका लागि भएका सुरक्षा प्रवन्धबारे जानकारी लिएका थिए । मन्त्री पोखरेलले सभागृहको अवलोकनपछि मायादेवी मन्त्रीको अवलोकन तथा दर्शनसमेत गरेका थिए ।

यही वैशाख १५ र १६ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा १७ गते २५६२ औँ बुद्धजयन्ती कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली तीन दिन लुम्बिनीमा रहनुहुने कार्यक्रम रहेको छ । यस्तै, बुद्ध जयन्ती कार्यक्रमका लागि प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आउने कार्यक्रम रहेको छ |  रासस

१२ बैशाख २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution