हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

भूकम्पका तीन वर्षः नक्सा पासमै बित्यो १८ महिना

भक्तपुर – नेपालमा विनाशकारी भूकम्प गएको आज तीन वर्ष पुरा भएको छ । तीन वर्षसम्म धेरै पीडितहरु त्रिपाल र टहरो भित्रै बस्न बाध्य छन् ।जाडो, तातो, पानी, हुरी बतास सहँदै तीन वर्ष बिताएका पीडितलाई अब कति वर्ष यसरी नै बस्नुपर्ने हो पत्तो छैन ।

भक्तपुर नगरपालिका वडानम्बर ७ इनाचोंकी दिलदेबी डुमरुले भूकम्प गएको एक वर्षपछि नै घर बनाउने अठोट गरिन् । तर, उनले र परिवार सदस्यले चाहेर मात्र घर निमार्ण हुन सकेन । उनीहरुको भत्किएको घर विश्वसम्पदा सूचीभित्र रहेको क्षेत्रमा पर्छ । त्यसैले नक्सा पास गर्न नै लामो समय लाग्यो । उनले भनिन् ‘नगरपालिकाले मात्र नक्सा पास गरेर नहुने रहेछ, अन्त जादाँ धेरै समय लाग्यो ।’

विश्व सम्पदा सुचिमा भक्तपुर नगरभित्रका केही क्षेत्र पर्ने हुदाँ पीडितलाई नक्सा पास गर्न लामो समय लागेको बताइएको छ । ‘आवश्यक प्रकिया पुरा गर्दापनि कर्मचारीले यो भएन र त्यो भएन भन्दै १८ महिना लगाए अहिले बल्ल नक्सा निस्कियो’ दिलदेबीले भनिन् ।

वडा कार्यालयको सिफारिसमा नगरपालिकाबाट नक्सा पास हुने भएपनि विश्व सम्पदा सूचीमा परेका क्षेत्रका घरधनीले भने पुरात्वविभागबाट समेत नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान छ ।

अर्की भुकम्प पीडित लक्ष्मी केशरी सुवालको समस्या पनि कम छैन । उनले सरकारले पूर्ननिमार्णको मिति तोक्दा श्रमिकको ज्याला र निमार्ण सामाग्रीको मुल्य बढ्दा समस्या भएको बताइन् ।

रडमा किलोको २० रुपैयाँ, सिमेन्टमा ४ सय, बालुवा– गिट्टीमा टिपको ५ हजारसम्म वृद्धि भयो कसरी सरकारले भने जस्तो घर बनाउन सकिन्छ ? दिपेश डुमरुको प्रश्न छ ।

यता भूकम्प गएको तीन वर्ष वित्दा पनि भक्तपुरका धेरैले घरको भग्नावशेष हटाउन नै सकिरहेका छैनन् । कतिपयले भुकम्पले हल्लाएकै घरहरुमा टेको लगाएर बसिरहेका छन् ।

भक्तपुर र मध्यपुरथिमि नगरभित्र कम क्षेत्रफल रहेको जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुँदा समयमै निजी आवास निमार्ण हुन नसकेको हो । सूर्यविनायक नगरपालिका र चाँगुनारायणमा गुठी र मोहीको समस्याले गर्दा समस्या भएको छ ।

भक्तपुरमा निजी आवासमात्रै होइन, पुरात्वतिक महत्वका मन्दिर, शतल, पाटी, देवालय लगायत अन्य संरचनाको पूर्ननिर्माणले पनि गति लिन सकिरहेको छैन ।

निजी आवास निर्माणले गति लिएन

भक्तपुर जिल्लामा भूकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २७ हजार ६ सय ४४ छ ।जसमध्ये २२ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही २ हजार ७८ रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवराम गेलालले जानकारी दिए ।

पहिलो किस्ता लिनेको तुलानमा दोस्रो र तेस्रो किस्ता लिनेको संख्या न्यून रहेको छ । जिल्लामा आवास निमार्ण सम्पन्न गरेर भूकम्प पीडितलाई सरकारले दिएको अन्तिम तेस्रो किस्ता लिनेको संख्या १ हजार ६६ मात्र रहेको कार्यालय प्रमुख गेलालले बताए ।

यसरी हेर्दा भक्तपुरमा पहिलो किस्ता लिएका २२ हजार ७ सय ९२ लाभग्राहीमध्ये तेस्रो किस्ता लिने १ हजार ६६ मात्र भएकाले २१ हजार ७ सय ६६ लाभग्राही बीचमै हराएका छन् ।

भक्तपुरका सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमी नगरपालिकामध्ये सबैभन्दा धेरै लाभग्राही चाँगुनारायण नगरपालिकामा १० हजार ६ सय ४७ जना छन् ।

उक्त नगरपालिकामा ८ हजार ९ सय ९७ पहिलो, ६ सय ७२ दोस्रो र ४ ८९ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । भक्तपुरमा जग्गा विवाद र स्वामित्व सम्बन्धी समस्याले गर्दा निजी आवास निर्माणले गति लिन नसकको कार्यालयले जनाएको रातोपाटिमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution