बिहान उठेर भगवानलाई शुद्ध पानी चढाउनुको प्राप्त हुने पुण्यहरु

हामीले बिहान सबेरै उठेर,हात मुख धोएर भगवानलाई, कोन्छ्योग सोमलाई ,चढाउने पानी ८ वटा गुणले पुर्ण हुनुपर्दछ | यी आठ गुणहरु निम्न हुन् |
१. शितल २. पिउदा अति मिठो ३.अति साङ्लो ४.अति नरम ५.अति सफा ६.सुगन्धित ७. पिउदा घाटीलाई असर नगर्ने ८.पिउदा पेटलाई असर नगर्ने |
बिहान उठेर भगवान लाई आठ वोटा गुणले पुर्ण भएको पानी चढाउनुको फाइदाहरु
१.सदैब भगवान लाई शितल पानी चढाउनाले ,आफुमा भएको शिल र संवार ब्रत हरु शुद्ध भएर जाने |
२.सदैब भगवान लाई पिउदा आति नै मिठो पानी चढाउनले,मिठो मिठो भोजन लाभ गर्ने,कहिल्यै भोक र प्यासको दुख भोग्नु नपर्ने।
३.सदैब भगवान लाइ अति साङ्लो पानी चढाउनाले,तन मन र बचन हलुँगो हुँदै जाने,साङ्लो हुँदै जाने।
४.सदैब भगवान लाई अति नरम पानी चढाउनाले ,आफ्नो नैतिक , बानी र चरित्र नरम भएर जाने।
५.सदैब भगवान लाइ अति शुद्ध पानी चढाउनाले,चित्त शुद्ध हुँदै जाने,चित्तामा महा करुणा उत्पाद हुने।
६.सदैब भगवान लाई सुगन्धित पानी चढाउनाले,मन पाप रहित भइ पुन्यले सुगन्धित हुँदै जाने।
७.सदैब भगवान लाई पिउदा घाटिमा असर नगर्ने खालको पानी चढाउनाले,बोलि,बचन शुद्द हुँदै जाने |
८.सदैब भगवान लाइ पिउदा पेट लाई असर नगर्ने खालको पानी चढाउनाले ,शरीर रोग युक्त हुने, हुँदै जाने,रोगले नछुने |
अनुबादक
धर्म गुरु रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ