हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

बेलायतमा गायिका प्रिती आले, मोडल तथा डान्सर रश्मी तामाङको जोडदर प्रस्तुति

लन्डन — गायिका प्रिती आले, मोडल तथा डान्सर रश्मी तामाङ र नायिका छुल्ठिम गुरुङ  बेलायतको डायस्पोरामा सु:खद सम्झना छाडेर नेपाल फर्किए ।

वुमन्स पावर’ थिममा नयाँ वर्ष शुभकामना साँझका लागि बेलायत आएका तीन महिला कलाकार करिब १० दिन लामो बेलायत टुरमा साच्चिकै नारी शक्ति देखाउन सफल भए।

अल्डरसट, उलवीच र साउथ हयारोमा उनीहरुले गरेको प्रस्तुति दर्शकले औधि रुचाए। फरक शैलीको दोहोरी ब्याटलका कारण पछिल्लो पटक चर्चामा रहेकी प्रितीले बेली डान्स र गायनले दर्शक मन बटुलिन्।

कार्यक्रममा गायन, नृत्य र उद्घोषणको समेत जिम्मा लिएकी छुल्ठिम बोली र सौन्दर्यका कारण लोभलाग्दो आकर्षण बनिन्। रश्मीको नृत्यलाई ‘वान्स मोर’ भन्ने युवा पनि कम रहेनन्।

‘अब लिड युवाले गर्नुपर्छ’, पहिलोपटक बेलायत आएकी मोडल, नायिका, निर्माता एवं भिजे छुल्ठिमले कान्तिपुरसँग भनिन्, ‘बेलायतको नेपाली डायस्पोरा ज्यादै सशक्त लाग्यो। नेपाली कलाकारको सम्मान, माया र आफ्नो कला संस्कृति जोगाउन सबै सचेत भएकाले हामी अझ उत्साहित भयौँ।’ उनले नेपाली कलाकारिताको दायरा निकै फराकिलो बनिरहँदा यसलाई विश्वव्यापी बनाउन आवश्यक रहेको पनि सुनाइन्।

प्रिती र रश्मी त विगतमा पनि यूके आएका थिए। उनीहरु यो पटक पनि दर्शकको उस्तै साथ पाएर दंग थिए। ‘नेपाली नयाँ वर्षमा अनगिन्ती कार्यक्रम हँुदा पनि हामी तीन महिलालाई साथ दिएकामा एकदम कृतज्ञ छौँ’, उनीहरुले भने।

बेलायतमा कार्यक्रम गर्न निकै चुनौति छ। सप्ताहन्त कार्यक्रम जुधेर दर्शकलाई हलसम्म तान्न आयोजकलाई सास्ती नै हुन्छ। तीन कलाकार बेलायत झिकाउने जोखिम एलबीजेड गुरुङ, हेम गुरुङ, ज्ञान गुरुङ लगायतका युवाले लिएका थिए। कार्यक्रमलाई एनआरएनए यूके युवा विभागले पनि सहयोग गरेको थियो।

आयोजकमध्ये एकजना एलबीजेड गुरुङ कार्यक्रमबाट मुनाफा कहिल्यै नसोचिएको बताउँछन्। ‘बेलायतको नेपाली समुदायमा नेपाली कला, संस्कृति जगेर्ना र नेपालका राष्ट्रिय कलाकार तथा नयाँ प्रतिभाहरुलाई प्लेटफर्म दिने हामीहरुको मुख्य उद्देश्य हो’, उनले भने।

अन्तिम शोमा कलाकारहरुलाई विदाइ गर्दै एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर र महासचिव आर के त्रिपाठीले युवा कलाकार अनि नयाँ प्रतिभालाई संस्थाले सधैं प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे। कलाकारलाई राष्ट्रिय गहनाको विशेषण दिएर मात्र होइन, अवसर र प्रेरित पनि गर्न उनीहरुको जोड थियो।

छुल्ठिम, प्रिती र रश्मीलाई निरमाया रोधीघर अल्डरसटमा पनि एक समारोहबीच विदाइ तथा सम्मान गरिएको थियो। कान्तिपुर |

प्रकाशित : वैशाख ११, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution