१३ वर्षको उमेरदेखि उपचारको बहानामा यौनशोषण

अमेरिकी जिम्नास्ट मैकायला मारोनीले पहिलोपटक आफूमाथि भएको यौनजन्य हिंसाको खुलासा गरेकी छिन् ।
उनले एक टेलिभजन अन्तरवार्तामा बताएअनुसार उनको टिमका डाक्टर लेरी नस्सरले उपचारको नाममा उनलाई १३ वर्षको उमेरदेखि यौनजन्य शोषण गरिरहे ।
२०११ मा उनले यसबारे अमेरिकन जिम्नास्टिक कोच र कैयौं साथी खेलाडीलाई पनि यसबारे बताएकी थिइन् । तर कुनै नतिजा निस्किएन । त्यसपछि अर्को ५ वर्षसम्म ती डाक्टरले उनको शोषण गरिरहे ।
२२ वर्षकी मैकायलाले एनबीसी को डेटलाइनसँग कुरा गर्दै आफूले पहिलोपटक टेक्सासको ह्युटनमा नेशनल ट्रेनिङ सेन्टरमा पहिलो पटक लेरीसँग भेट्दा नै उनले यौनहिंसा गरेका थिए । त्यसपछि हरेक पटक लेरीसँग भेट्दा उनले यस्तै गर्दै आएका छन् । उने २०११ मा टोकियोमा भएको विश्व च्याम्पिियनशिपमा भएको घटना आफ्नो जीवनको सबैभन्दा खराब पलहरुमध्येको एक भएको बताइन् । मैकायलाले त्यो टुरमा मात्र यो कुराको आभाष पाएकी थिइन् कि जुन परीक्षणलाई उनी नियमित जाँच सम्झिन्थिन् त्यो यौनशोषण थियो ।
त्यो रात आफू नाङगो हालतमा बेडमा भएको र लेरी आफूमाथि भएको सम्झँदै उनले भनिन् ‘त्यो दिन मलाई मेरो अन्तिम दिनजस्तै लागेको थियो । त्यो दिन पहिलो पटक मेरो सामना लैरीको घिनलाग्दो रुपसँग भएको थियो ।’ त्यतिबेला उनलाई यो कुरा स्वीकार गर्न पनि निकै कठिन भएको थियो कि उनीमाथि हुने कुराहरु उपचार थिएनन् यौनशोषण थिए ।
लेरीमाथि यौनशोषणको आरोप लगाउँदै सार्वजनिक रुपमा खुलासा गर्ने मैकायला पहिलो महिला हुन् । उनको खुलासासँगै २६५ महिलाले लेरीमाथि यौनशोषणको आरोप लगाएका छन् ।
एजेन्सी।