हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन : ३ दिनको कार्यक्रमका लागि ४ करोडको हल?

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा तीन दिनको कार्यक्रमको लागि चार करोड रुपियाँ खर्च गरेर सभाहल निर्माणको काम अहिले धमाधम भइरहेको छ।

वैशाख १५ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र त्यसको अर्को दिन पर्ने बुद्ध जयन्तीको लागि रातारात निर्माण गरिँदै आएको उक्त सभाहल सम्भवत: ती कार्यक्रम सकिएलगत्तै भत्काउन सुरु गरिने छ।

किनकि पुरातत्त्वविद्हरूका अनुसार सो सभाहलको निर्माण लुम्बिनी गुरुयोजनाविपरीत छ।

दुई वर्षअगाडि बुद्ध जयन्तीको अघिल्लो दिन परेको पानी र हावाहुरीले कार्यक्रमका लागि टाँगिएका सबै पालहरू ढलेको देखेका त्यो बेलाका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिनै खेर सरकारले त्यहाँ अब ५ हजार मानिस बस्न मिल्ने सुविधासम्पन्न सभाहल बनाउने घोषणा गरे।

 

तर दुई वर्षसम्म सभाहलको चर्चा, चर्चामै सीमित भयो ।

करिब एक महिनाअघि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नका लागि सहयोग माग्दै लुम्बिनी विकास कोषका पदाधिकारीहरू जब उनै प्रधानमन्त्री केपी ओलीकहाँ पुगे तब ओलीले एकमुष्ठ ६ करोड रुपियाँ दिने बताउँदै सभाहल समेत निर्माण गर्न निर्देशन दिए।

त्यसपछि रातारात अस्थायी सभाहल निर्माणको काम सुरु भयो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी भन्छन्, “सन् २०१६ मा पाहुनाहरूलाई हिलोमा राखेर काम गरेको देखेर प्रधानमन्त्री भावुक हुनुभयो। वहाँले पाँच हजार मानिस अट्ने सभाहल बनाउने घोषणा गर्नुभएको थियो। सोही मर्मअनुसार यसपालि वहाँ प्रधानमन्त्री भएपछि कम्तीमा तीन हजार मानिस अट्ने हल बनाउने भनेर सेना लगाएर बनाउँदै गरेका छौँ।”

तर सो स्थानमा निर्माण गरिएको हल लुम्बिनी गुरुयोजना अनुसार नभएकोले गुरुयोजना अनुसार जाने हो भने त्यसलाई भत्काउन पर्ने लुम्बिनीमा लामो समय काम गरेका वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी बताउँछन्।

“गुरुयोजनाअनुसार त्यो ठाउँमा ऊ थान्त स्मारक हल बन्नु पर्छ। यो त केवल अस्थायी हो। अब यत्रो खर्च गरेर बनाइँदैछ तर योजनाअनुसार गर्ने हो भने यो भत्काउनुपर्छ,” बिडारीले बताए।

नेपाली सेनाले सभाहल निर्माण गर्दै गर्दा त्यहीँ नजिकै अर्को स्थायी सभाहल बनाउने भन्दै विकास कोषले करिब २७ करोड रुपियाँमा ठेक्का समेत दिइसकेको छ। त्यसको शिलान्यास बुद्ध जयन्तीका दिन प्रधानमन्त्री केपी ओलीले गर्ने बताइएको छ।

जानकारहरूका अनुसार अहिले जुन स्थानमा सभाहलको लागि चार करोड रुपियाँ खर्च गरिएको छ, त्यो खर्चमा गुरुयोजनाको क्षेत्रभन्दा बाहिर सभाहल बनाएको भए भत्काउन पनि नपर्ने र त्यसको प्रयोग लामो समयसम्म पनि गर्न सकिने अवस्था हुन्थ्यो।

तर उनीहरूका अनुसार प्रधानमन्त्रीको निर्देशन पालना गर्ने नाममा लुम्बिनी विकास कोषले फेरि अर्को बेथितिको उदाहरण प्रस्तुत गरेको छ।   बिबिसि |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution