गायक अनिल लामा तामाङको शैलुंगे गाउँको मैच्याङ गीत सार्वजनिक (भिडियो)

याम्बु – गायक अनिल लामा तामाङको शैलुंगे गाउँको मैच्याङ गीत सार्वजनिक भएको छ | टिका बोम्जनको रचना तथा संगीतमा रहेको सो सेलो गीतमा गायक अनिल लामाले निकै मनछुने गरी तामाङ लवजमा स्वर भरेका छन् । जवानीको सुन्दरता र माया प्रिति साट्न गरिएको आग्रहमुलक भाव बोकेको सो गीतको भिडियोमा सोनाम पाख्रीन तामाङ र बिनु शाक्यले अभिनय गरेका छन् भने निर्देशन पनि सोनाम पाख्रिनले नै गरेका हुन् ।