हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

एमाले माओवादी ब्यानर विवाद संगै के के भयो लफडा ?

काठमाडौँ । कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो। अचानक हलभित्र होहल्ला सुरु भयो। कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न थाले।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस शीर्षक राखिएको ब्यानरमा केपी ओली र प्रचण्डको बाहेक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर थियो । लेनिन दिवसमा लेनिनको फोटो खोइ भन्दै नाराबाजी सुरु भयो। आयोजकमा नेकपा (एमाले)सँगै नेकपा (माके) लेखिएकोमा उनीहरूको आपत्ति थियो। यस्तो ब्यानर हटाएर मात्र कार्यक्रम सुरु हुनुपर्छ भन्ने उनीहरूको माग थियो।

आधा घन्टापछि वर्षमान मञ्चमा

फ्लोरमा तनाव बढिरहेको वेला माओवादी नेता वर्षमान पुन स्टेजमा उक्लिए । उत्तेजित कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘कृपया संयमित हुनुस्, अनुशासनमा बस्नुस्, तपाईंहरूका सबै जायज माग शीर्ष नेताहरूले सम्बोधन गर्नुहुन्छ ।’ तर, तनाव शान्त भएन । ब्यानर फेर्नुपर्ने माग एकोहोरो रूपमा उठिरह्यो । एमाले कार्यकर्ता भने लगातार मौन थिए ।

ब्यानर निकाल्न महानगरका कर्मचारी
हलमा होहल्ला भइरहेको वेला भित्र दोस्रो तहका नेताहरूले संक्षिप्त छलफल गरेर ब्यानर निकाल्ने सहमति गरे । नेताहरूकै निर्देशनमा महानगरपालिकाका कर्मचारीले ब्यानर निकालेर उल्टो पारे । नारा लगाउनेहरूले ताली बजाए । यसबीचमा माओवादीको तर्फबाट अर्को ब्यानर बनाउने सहमति भयो । त्यतिन्जेलसम्म केपी ओली र प्रचण्ड सभागृह आइपुगेका थिए । तर, उनीहरू हलमा होइन, भित्री कोठामा छलफलमा बसे।

मान्छे सम्हाल्ने जिम्मा बद्री पंगेनीलाई
आयोजकहरूले नयाँ ब्यानरको प्रतीक्षा गरिरहेका थिए । त्यसैले साढे दुई बजेसम्म कार्यक्रम सुरु हुन सकेको थिएन । कार्यकर्ताहरू आत्तिएर फर्किन थालेपछि अचानक बद्री पंगेनीलाई स्टेजमा बोलाइयो । एकता गर ओली र प्रचण्ड भन्दै उनले लोकभाकामा गीत गाउन थालेपछि दुवै पक्षका कार्यकर्ताले थपडी पिट्न थाले । खासमा उनी कार्यक्रममा समेत थिएनन्, गीत गाउनका लागि फोन गरेर तत्कालै बोलाइएको थियो ।

३ बजेतिर नयाँ ब्यानर आइपुग्यो
माओवादीले तयार पारेको ब्यानरमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर थियो । एमालेले तयार पारेको ब्यानरसँगै नयाँ ब्यानर टाँगिएपछि माओवादी कार्यकर्ताले फेरि ताली बजाए । तर, पाँच मिनेटमै डोरी चुँडिएर खस्यो । फेरि टाँग्न १५ मिनेट लाग्यो ।

अनि सुरु भयो तस्बिर विवाद
ब्यानर विवाद सकिएर कार्यक्रम सुरु हुनै लागेको थियो, एमाले नेता कृष्णगोपाल श्रेष्ठ दुईवटा तस्बिरसहित स्टेजमा उपस्थित भए । एउटा तस्बिर माक्र्सको र अर्को लेनिनको थियो । दुवै तस्बिर ओली र प्रचण्ड बस्ने सोफाअगाडिको टी–टेबुलमुनि राखिएको थियो । यही विषयमा आपत्ति गर्दै फेरि हुटिङ भयो । एक मिनेट नहुँदै तस्बिर उठाएर स्टेजको अघिल्लो भागमा कुर्सीमा राखियो । तर, माक्र्सको तस्बिर सानो र लेनिनको अलि ठूलो थियो । यो विषयमा पनि हुटिङ भयो । काठको टेको लगाएर माक्र्सको तस्बिर पनि अग्लो बनाइयो । यसरी सारा बिघ्न समाप्त भएर कार्यक्रम सुरु हुँदा करिब चार बजेको थियो ।,यो खबर आजको नयाँ पत्रिकामा छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution