हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

आदिबासी जनजाति महासंघ यूएईले पहिचान, अधिकार, संघियता सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

नेपाल आदिबासी जनजाति महासंघ यूएईले जनजातिहरूको पहिचान, अधिकार, संघियता  कार्यक्रम सम्पन्न गरेको छ ।

“प्रदेश नामकरणमा पहिचानको महत्व, सम्भावना र चुनौति, स्थानीय स्वायत्तता मार्फत प्राप्त हक र अधिकार बुझ्दै उठौ आदिबासी जनजाति” भन्ने मूलनारा रहेको अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाती विज्ञ, राजनीतिक विश्लेषक, लेखक, वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकामा राजनितिशास्त्रका प्राध्यापक तथा आदिवासी जनजाति अभियन्ता डा. महेन्द्र लावती लिम्बु प्रमुख अतिथि तथा प्रमुख वक्ता थियो ।

कार्यक्रमको सभापति महासंघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङले गर्नुभएको थियो । बिशेष अतिथिहरुमा महासंघका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष डेर राज गुरूङ र संरक्षक तथा तामाङ समाज यूएईका अध्यक्ष महेश मोक्तान, त्यस्तै अतिथिहरूमा महासंघ आबद्ध ११ जातीय संस्था प्रमुखहरू, पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो चरणमा महासंघका प्रमुख संरक्षक तथा निबर्तमान अध्यक्ष डेर राज गुरूङले स्वागत मन्तब्य राख्दै अन्तरक्रिया कार्यक्रमको बिषय प्रबेश गर्नु भएको थियो । त्यस पछि डा. लावतीले जनजातिहरूको पहिचान र अधिकारका मूलभूत मुद्धाहरू, धर्मनिर्पेक्षिता, संघियता, नेपालको संबिधान, संबिधान संसोधन, प्रदेश बनावत, स्वायत्तता, दिगो आर्थिक बिकास, शिक्षा, दक्ष जनशक्ति, समृद्धि, नेपाली राजनीति, राजनैतिक दलहरू जस्ता गहन बिषयहरूमा आफ्ना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमलाई औपचारिक रूपमा संचालन गरेका महासंघका महासचिब सनिल घिसिङले कार्यक्रमको दोस्रो चरणमा हलमा उपस्थित जातीय संस्थाका प्रतिनिधिहरूलाई प्रश्न-उत्तर तथा दोहोरो अन्तरक्रियाको लागि सभा-खुल्ला गरेका थिए । डा. लावतीले टिकापुर घट्ना, जनजाति आन्दोलन, जनजाति महिला शसक्तिकरण, जातीय द्वन्द्व, प्रदेश बनावत, संघियता, धर्मनिरपेक्ष, जातीय बिभेद, जनजाति पहिचान तथा अधिकारका बिषयहरूमा सोधिएका प्रश्न तथा जिज्ञासाहरूमा आफ्ना भनाईहरु राख्नुभएको थियो ।

महासंघमा तमु, तामाङ, मगर, राई, लिम्बु, नेवा, शेर्पा, थारू, भुजेल, माझी र सुनुवार गरी ११ जातीय संस्थाहरू आबद्ध छन ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution