कांग्रेसका वडाध्यक्ष अध्यक्ष तामाङ जेल चलान

काठमाडौं । चेलिबेटी बेचबिखानको आरोप लागेका नुवाकोटको दुप्चेश्वर गाँउपालिकाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई जेल चलान गरिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनबहादुर तामाङलाई आइतबार जेल चलान गरिएको हो । काठमाडौं जिल्ला अदालतले तामाङलाई कारागार चलान गर्न आदेश दिएपछि उनिलाई कारागार चलान गरुएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।
तामाङले २०५३ सालमा दुई किशोरीलाई झापा हुँदै भारत बेच्न लगेको घटनामा अदालतले दोषी ठहर गरेपछि जेल चलान गरिएको हो । नुवाकोट जिल्ला अदालतले २०७४ चैत्र ७ गते तामाङलाई मानव बेचबिखन मुद्दामा ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
सोही मुद्दामा उनलाई पक्राउ गरिएको सिआईबीले जानकारी दिएका छ । फैसला कार्यान्वायनका लागि सिआईबीले उनलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले नुवाकोट अदालतको आदेश सदर गर्दै कारागार चलान गर्न आदेश दिएको थियो।