इजरायलमा फुटबल क्लबको आयोजनमा तीज सांगीतिक कार्यक्रम, क्रिकेट मैदान बनाउन सहयोग गर्ने

तेलअविव – इजरायलमा नेपाली फुटवल खेलाडीहरु द्वारा स्थापित फुटवल क्लबहरुले यसपालिको हरितालिका तीज – २०७५ सांगीतिक कार्यक्रम गर्ने भएको छ |
नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आउँदो १४ सेप्टेम्बर २०१८ (शुक्रबार) तीजको दर सहित नेपालबाट चर्चित कलाकारहरुलाई आमन्त्रण गरी सांगीतिक कार्यक्रमको आयोजन गर्ने प्रताप मादेन लिम्बुले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
कार्यक्रमबाट आएको मुनाफा धुर्मुस सुन्ताली फाउंडेसनबाट निर्माण गर्न लागेको लर्ड बुद्ध इन्टरनेशनल क्रिकेट मैदानलाई सहयोग प्रदान गर्ने भएको जानकारी दिएको छ | सो सम्बन्धि यथासिघ्र पत्रकार सम्मेलन गर्ने बताएको छ |
१९ अप्रिल २०१८ मा प्रकाशित