तामाङ उत्थान संघको राष्ट्रिय सम्मेलन सम्पन्न,क्यान्सर पिडितलाई सहयोग हस्तान्तरण

याम्बु । तामाङ उत्थान संघले गत २९,३० र बैशाख १ गते दोलखा,चोथाङमा सम्पन्न गरेको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनबाट पारित सात बुँदे चोथाङ घोषणापत्र-२०७५ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
सम्मेलनलाई कानुन मन्त्री शेरबहादुर तामाङले सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा मन्त्री तामाङले अाफ्नो संस्कृति संस्कारलाई बलियो बनाउन बंश बिशेष संस्थाको बिशेष भुमिका रहने कुरालाई जोड्नुभयो ।
घोषणापत्रमा मुलतः ग्याबा बंशको बिकास, समृद्धि र एकताको लागि कार्ययोजना प्रस्तुत गरेको छ भने थर लेखाईको बिबिधता (ग्याबा,ग्याबक,घ्याबा,ग्यापक,ग्याल्बो) लाई हटाई ग्याबा थर(नाम) अधिकारिक र संस्थागत गर्ने कुरालाई उल्लेख गरेको छ ।
यसै पत्रकार सम्मेलन मार्फत केही समय अघिदेखि सिन्धुपाल्चोक लिसंखुपाखर-३ वाफलकी क्यान्सर रोगी उर्मिला ग्याबा तामाङकी उपचारको लागि जम्मा गरिएको रकमलाई हस्तान्तरण गरिएको छ । जम्मा रकम पिडितकी बुबालाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री तामाङको बाहुल्यबाट हस्तान्तरण भएको हो ।
एकमुष्ठ रु. १,५९,४४५ (एक लाख उनान्साठ्ठी हजार चार सय पैंतालीस) रुपैयाँ क्यान्सर रोगीको उपचारको लागि हस्तान्तरण गरिएको छ ।
ग्याबा तामाङ उत्थान संघको प्रथम सम्मेलनमा मन्जुश्री ग्याबा तामाङ र बिरेन्द्र ग्याबा तामाङको सक्रियतामा रु. ४९,२२५ रुपैयाँ जम्मा भएको हो भने बिकास ग्याबा तामाङ र सकिना ग्याबाको सक्रियतामा रु ६०,००० देश तथा विदेशका नेपाली दाजुभाइ दिदीबहिनीबाट प्राप्त भएको हो । त्यस्तै दुबैमा बसोबास गर्ने नेपाली दाजुभाइ दिदीबहिनीबाट थप सन्जिता मोक्तानको नेतृत्वमा दुबई तामाङ समाजबाट जम्मा भएको रकम: रु. ३३,२१५।- र उहाँ स्वयं (सन्जिता मोक्तान)को तर्फबाट रु १७,०००।- गरि जम्मा रु. ५०,२१५ प्राप्त भएको छ ।
यसअघि पनि अभियान कर्ता बिकास ग्याबा र सकिना ग्याबाको सहयोगमा करिब ८५,०००।- प्राप्त सहयोग बितरण गरेको छ ।
हालसम्म क्यान्सर पिडित बिरामीले जम्मा २,५४,४४५ रुपैयाँ सहयोग रकम प्राप्त गरेको समय आवाजमा समाचार छ |
२०७५ वैशाख ६ मा प्रकाशित