हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

अष्ट्रेलिया भन्दैमा रूखमा डलर फल्ने होइन

नेपाली विद्यार्थीको सुनौलो गन्तब्य बनेको अस्ट्रेलयामा यतिखेर विलार्थीको भीड् निकै बढेको छ। यहाँ पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीको वरियतामा नेपाल तेस्रो नम्बरमा पर्छ। पछिल्ला केही वर्षदेखि नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढेको छ।

अहिले करिब तीस हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा  अध्यनरत छन्। चाप बढ्दै गए पछि समस्या पनि बिस्तारै बढ्न थालेको छ।

पछिल्लो वर्षमा विद्यार्थीको समस्या बढ्नु संख्यात्मक रूपमा ठिकैपनि यसको पछिल्ला रूपहरू फेरिदै गएका छन्।
‘सही सल्लाह र सुझाब अनि गच्छ अनुसारको पढाइ अहिलेको मुख्य आवश्यकता हो,’  माइ पर्सनल एजुकेसन कन्सल्ट्यान्ट (माइपेक) का शैक्षिक परामर्शदाता ध्रुब दाहालले भने।

रजिष्टर माइग्रेशन एजेन्टका रुपमा अनुभव संगालिसकेका दाहाल भर्खरै मात्र सिडनीको बजारमा माइपेक लिएर आएका हुन्।

संख्यात्मक रूपमा ह्वात्तै वृद्धि हुँदा साना तिना समस्या देखिएलान् तर जानकारी नलिइ बिदेशीने युवा जमातको फरक समस्या देखिन थालेको दाहालको भनाई छ। ‘विदेश पठाउँदैमा ढुक्क हुने अभिभावक र विदेसिएपछि सबै पाइन्छ भन्ने पुस्तालाई हामीले सही सल्लाह र सुझाब दियौं भने मात्र हामी सही मानेमा शैक्षिक परामर्शदाता बन्नेछौ,’ उनले भने।

सिड्नीको पीट स्ट्रीटमा माइपेक लिएर आएपछि दाहालले धेरै खाले गुनासा र अनुभव बटुले। ‘अष्ट्रेलियामा रूखमा डलर फल्दैन, परिश्रम गर्नुपर्छ भन्ने हेक्का सबैले राख्नुपर्छ’, उनले भने, ‘अरुको कुरामा भन्दा आफ्नो थैली अनुरूपको शैलीमा अगाडि बढनुपर्छ।’

ध्रुब दाहाल, रजिस्टर्ड माइग्रेशन एजेन्ट

नेपालमा अस्ट्रेलिया जाने भनेपछि कहाँ, कसो, के सम्भावना र अन्य विषयमा अध्ययन नगरि आउने विद्यार्थी बढी समस्यामा परेका हुन्छन्। ‘जसले बुझेर, सुनेर र पढेर आएका छन् उनीहरू त्यसका लागि शारीरिक र मानसिक तयारी हुन्छन्। जसले यहाँको परिवेश, काम र पढाइ र स्थानका बारेमा अर्ध जानकारी पाएका हुन्छन् ,समस्या त्यही बढि हुन्छ।’

यसअघि शम्सेर एन्ड एसोसीयट्समा आवद्ध भइसकेका परामर्शदाता दाहालको शब्दमा भन्ने भने एजुकेशन वा माइग्रेशन दुवै सेवाका इमान्दार हुनेको पीठो बिक्ने पक्का छ।

सिड्नीको शैक्षिक परामर्शको बजारमा राम्रो काम र उचित दाम अहिलेको आवश्यकता रहेको दाहालको ठहर छ। नहुने कामलाई हुन्छ भन्ने र केही पैसामा विलार्थीको भबिष्यमाथि खेलवाड गर्नेको दिन अब सकिएको उनले दाबी गरे।

‘जसले विद्यार्थीलाई सही सूचना र सल्लाह दिन्छ अनि सही मार्गमा डोर्‍याउँछ त्यसैको कामलाई सबैले सलाम गर्नेछन्,’ दाहालले बताए।

दाहालले अस्ट्रेलियाको अध्यागमनमा दिनहुँ हुने नीति नियम परिवर्तन र नयाँ नयाँ कानुनका विषयमा पनि स्पष्ट ज्ञान राख्नु परामर्शदाताहरुको कर्म भएको बताए।

नेपालमा परामर्श केन्द्र चलाउन कुनै योग्यताको कसी नभएको र राज्यले यस बिषयमा कडा नीति नअपनाउँदा विद्यार्थी गलत सल्लाहको चपेटामा परेको दाहालको तर्क छ।

‘धेरै राम्रा मानिसहरू पनि यस पेशामा छन् तर, केही खराब मानिसको कामले पेशालाई कताकता मानिसहरुको नजरमा गिराउने काम गरेको छ,’ दाहालले सुनाए ।

विदेश आउने नयाँ पीडिलाई दाहालको एउटै शन्देश छ, नबुझिकन विदेश आउनु भनेको दुःख पाउनु हो, अस्ट्रेलियामा उच्च अध्ययनमा आउने हो भने कमसेकम कुन विश्वविद्यालयमा आउने, कुन ठाउँमा आउने, त्यहाँको वातावरण, काम, डेरा अनि शूल्कका विषयमा स्पष्ट भएर आउनु होला।सेतोपाटि बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution