इजरायलबाट गायक सुर्य राना मगरको ‘मेरो माया बिर्साउने भेट्यौ की …. सालैजो गीत (भिडियो)

तेलअविव – बैदेशिक रोजगारको शिलशिलामा प्रवासी भुमि इजरायलमा कार्यरत गायक सुर्य राना मगरको आवाजमा “मेरो माया बिर्साउने भेट्यौ की पानी तिर्खा दुधैले मेटियो कि ” बोलको सालैजो गीत सार्वजनिक भएको छ |
गायक सुर्य राना मगरलाई गीतमा गायिका टिका पुन मगरले साथ दिनु भएको छ | यस गीतको शब्द एकनारायण भण्डारी र संगीत दुर्गा बिसीको रहेको छ |
याम गुरुंगको नृत्य निर्देशन रहेको भिडियोमा कलाकारहरु उद्धव लामा र मिंग्मा डोमाले अभिनय गरेका छन् |नृत्य पुरै गाउँघरकै सम्झना गराई दिने दृश्य रहेको यस गीतले बिशुद्द नेपाली लोक संगीत क्षेत्रमा पक्कै पनि दर्शक स्रोताहरुले रुचाउनु हुनेछ | मुकेश दाहालले छायांकन गरेको भिडियोलाई देव पुनले निर्देशन गरेका हुन् |