हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

केरुङ – काठमाडौं – पोखरा – लुम्बिनी – रेलमार्ग : नेपाल र चीनबीच सहमति

काठमाडौं : नेपाल र चीनबीच केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यतालाई अगाडि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने विषयमा सहमति भएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको दुईपक्षीय भेटवार्ताका क्रममा यस्तो समझदारी जुटेको हो।

चिनियाँ टोलीले गरेको केरुङ काठमाडौँ र काठमाडौँ पोखरा लुम्बिनी रेलवेको प्रारम्भिक सम्भाव्यता अध्ययन गरी बेइजिङ फर्किएको थियो। भेटवार्तामा सो सम्भाव्यता अध्यन र विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बुधवार बेइजिङमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिए।

त्यस्तै दुई देशबीच योजनाहरूको पहिचानका लागि संयन्त्र बनाउने समेत सहमति भएको छ। ‘दुई देशबीच भएका सन्धिको कार्यान्वयन तथा दुई देशबीच साझा फाइदाका आधारमा योजनाहरू छनोटका लागि योजना कार्यान्वयन तथा निर्देशन समिति बनाउन समेत सहमति भएको छ,’ पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीले जारी गरेका वक्तव्यमा भनिएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्ताका क्रममा चीनले नेपालको समृद्धिका लागि देखाएको चासोप्रति आभार प्रकट गरेका छन्। उनले दुई वर्ष अगाडि दुई देशबीच भएका सन्धि सम्झौताको कार्यान्वयनका लागि छलाफल भएको भन्दै व्यापार तथा पारवहान सन्धिको प्रोटोलको मस्यौदामाथि समीक्षा गरिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा समकक्षी यीसँगै उपस्थित भएका परराष्ट्रमन्त्री ज्ञवालीलेले नेपालले बीआरआई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गरेको अवस्थामा सम्झदारी कार्यान्वयनका विषयमा समेत छलफल भएको जानकारी दिए। द्वीपक्षीय भेटवार्तामा नेपालले भौतिक पूर्वाधार निमार्ण क्रस बोर्डर कनेक्टिभिटी, रेलवे, रोडवे, व्यापार तथा पर्यटनको प्रवर्द्धन, लगानी वृद्धि तथा जनसम्बन्ध विस्तारको विषयमा नेपालले चिनियाँ पक्षसँग आफ्ना धारणा राखेको ज्ञवालीले जानकारी दिए।

छलफलमा अन्देरदेशीय यातायात सञ्जालमा बहुआयामिकता विषय दुई देशबीच सहमति भएको उनले बताए।

भेटवार्तामा नेपाली टोलीले नेपालको वर्तमान राजनीतिक विकास क्रम, नेपालको समृद्धितर्फको यात्राका विषयमा समेत चिनियाँ पक्षलाई जानकारी गराएको परराष्ट्रमन्त्रीले जानकारी गराएका छन्।

द्वीपक्षीय भेटवार्तामा दुई देशका अधिकारीहरू दुई देशबीच उच्चस्तरीय भ्रमणलाई निरन्तरताका लागि सहमत भएको समाचार  पहिलो पोस्टमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution