हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

रिक्सा चलाएरै तामाङले काठमाडौंमा घर बनाए ,छोरालाई स्टुडेन भिसामा अस्ट्रेलिया पठाए

भनिन्छ, ‘एउटै काममा निरन्तर लागिरह्यो भने एक दिन अवश्य सफल भइन्छ ।’ यो भनाइलाई चरितार्थ गरेका छन्, राजधानीको ठमेल क्षेत्रका रिक्साचालक लालबहादुर तामाङले । उनले रिक्साकै कमाइले काठमाडौंमा घर बनाए । छोराछोरी पढाए । छोरालाई स्टुडेन्ट भिसामा अस्ट्रेलिया पठाए । २२–२३ वर्षको उमेरदेखि रिक्सा चलाउन थालेका उनी सात दशक कटिसके अर्थात् ७१ वर्षका भए । तैपनि, उनमा जोश र जाँगर उस्तै छ ।

लालबहादुरको घर काभ्रेको कोसीपारीस्थित सानो शैलुङ हो । आजभन्दा करिब ६ दशकअघि उनको गाउँमा कुनै विद्यालय थिएन । अलि टाठा–बाठाका छोरा–छोरीहरू काठमाडौं आउँथे । गाउँको सामान्य खेती–किसानी परिवारमा जन्मिएका र सामान्य चेतनास्तर भएको परिवारका लालबहादुरले काठमाडौंसम्म आएर पढ्ने कुुरै भएन । भन्छन्, ‘पढ्न काठमाडौं आउनुपथ्र्यो । म आइनँ ।’

लालबहादुरको १७ वर्षको उमेरमा गाउँकै युवतीसँग विवाह भयो । दुई छोरा भए । तर, दुर्भाग्य श्रीमतीसँगै दुवै छोरा बिते । पुराना दिन सम्झँदै उनी भन्छन्, ‘सबै बितेपछि त साह्रै नै पिर लाग्यो ।’ त्यसको एक दशकपछि अर्थात् २७ वर्षको उमेरमा लालबहादुरले अर्को विवाह गरे । ‘काठमाडौंमा गरिखाइरहेको यत्तिको केटाले पाल्छ भनेर मलाई पुनः कन्नेकेटी दिए । मेरा आमा–बुवाकै पहलमा हो,’ रमाइलो मान्दै लालबहादुरले भने । अहिले उनका तीन छोरी र एक छोरा छन् । लालबहादुरका छोराले काठमाडौंमै एमए गरे । उनले आफूसमान पढेकी बुहारी भित्र्याए ।

उनीहरूले लालबहादुरलाई एक नाति उपहार पनि दिइसकेका छन् । भन्छन्, ‘छोरा स्टुडेन्ट भिसामा पढ्न भनेर अस्ट्रेलिया गएको हो । अहिले उतै स्थापित भएको छ ।’ लालबहादुरका नाति ६–७ महिनाका भए । तर, प्रत्यक्ष देख्न भने पाएका छैनन् । भन्छन्, ‘बोकौँ–बोकौँलाग्दो नाति छ । फोटोमा मात्र देख्न पाएको छु । प्रत्यक्ष देख्न पाए हुन्थ्यो भन्ने चाहना छ ।’

लालबहादुरका छोरा मात्र होइन, तीन छोरीमध्ये सबै शिक्षित छन् । बिए पढेकी जेठी छोरीको बिहे भइसक्यो । माइली छोरी २५ वर्षकी भइन् । बिएसम्म नै पढेकी उनी अहिले पसल चलाएर बस्छिन् । कान्छी छोरी १९ वर्षकी भइन् । १२ कक्षा पढ्दै छिन् । रिक्साचालक भएकोमा गर्व गर्दै लालबहादुर भन्छन्, ‘छोरालाई स्टुडेन्ट भिसामा बाहिर पठाउने र छोरीहरूलाई पढाइदेखि व्यवसायसम्म गराउने पनि यही रिक्सा हो ।’

लालबहादुरले सुरुमा काठमाडौं आएर टेकुमा ठेलारिक्सा चलाए । त्यहाँ १४–१५ वर्ष चलाएपछि ठमेलतिर रवाना हुँदै पाइडलवाला रिक्सा चलाउन थाले । उनी साहुको रिक्सा चलाउँछन् । आफ्नै रिक्सा चलाउने कुनै सोच छैन । रिक्साकै कमाइले लालबहादुरले कपनमा जग्गा किने । घर बनाए । अब अर्को तल्ला थप्ने योजनामा छन् । ‘अब त छोराले पनि अस्ट्रेलियाबाट पैसा पठाउँछ । अर्को तला थप्न के गाह्रो भयो र ।’

झन्डै पाँच दशकदेखि लालबहादुरले ठमेललाई नियालिरहेका छन् । यसबीचमा ठमेल क्षेत्रमा व्यापक परिवर्तन आएको उनी बताउँछन् । भन्छन्, ‘पहिले–पहिले थोरै पर्यटक आउँथे, आजकल त धैरै आउन थालेका छन् । त्यस्तै, लगभग विश्वभरिका पर्यटक आउँछन् ।’ उनीहरूले एक–दुई डलर टिप्सस्वरूप दिए भने पनि यहाँको एक–दुई सय त लालबहादुरले त्यत्तिकै कमाइरहेका हुन्छन् । टिप्सबाहेक पनि कम्तीमा दिनको हजारदेखि १५ सयसम्म कमाउने उनी बताउँछन् ।

दैनिकी ठमेलमै बिताउने लालबहादुर आफूले ठमेल क्षेत्रका व्यापारी, पुलिसदेखि नेतासम्म चिनेको दाबी गर्छन् । प्रफुल्लित हुँदै उनी भन्छन्, ‘यहाँ मैले नचिनेको साहु कोही छैन । ट्राफिकदेखि होटेलका म्यानेजर सबै चिन्छु ।’ थप्छन्, ‘गणेशमान सिंहकी छोरीले काठमाडौं गेस्ट हाउस बनाइन् । उनीसँग चिनजान छ । गफगाफ पनि गरेको छु ।’ लालबहादुर सुरुका दिनमा ठमेल आउँदा त्यो क्षेत्र सभ्य थियो । बिहान ९ बजेदेखि बेलुका ५–७ बजेसम्म ठमेल क्षेत्रमा बिताउने उनी धेरैथोक देख्छन् । भन्छन्, ‘भनेरै साध्य छैन । हरेक कुरा देखिन्छ ।’ विदेशी पर्यटकलाई ठग्ने जमातप्रति उनको गुनासो छ । एक कक्षा पनि नपढेका लालबहादुर इंग्लिससँगै जापानिज, चाइनिज भाषा पनि फाट्टफुट्ट बोल्ने बताउँछन् । भन्छन्, ‘मलाई यो कला पनि रिक्साले दिलाएको हो । गेस्टहरूले मलाई माया गर्छन् । कतिपयले त हामीसँग विदेश जाउँ पनि भन्छन् ।’

लालबहादुरलाई छोराले अब काम नगर्नु भनेर प्रेसर दिन्छन् । तर, उनी काम नगरी बस्दा आफू बिरामी नै हुने गरेको बताउँछन् । ‘छोराको कुरा मानेर एकपटक पाँच दिनजति त्यसै बसेको बिरामी नै भएँ,’ उनले भनेको नयां पत्रिकामा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution