हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

जोर्डनमा बस दुर्घटनामा परी रविना राईको मृत्यु, ७ जना नेपाली गम्भीर घाइते

काठमाडौँ — जोर्डनको पेत्रास्थित मानस क्षेत्रमा नेपाली महिला कामदार चढेको बस दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । बिदाको दिन घुम्न जाँदा गत शुक्रबार बस दुर्घटना भएको थियो ।


बसमा २९ नेपाली महिलासहित ४६ विदेशी कामदार थिए । घटनास्थल जोर्डनको राजधानी अम्मानबाट २ सय २० किलोमिटर दक्षिणमा पर्छ ।

जोर्डन मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा रविना राई छिन् । जोर्डनस्थित अवैतनिक दूतले दूतावासलाई उपलब्ध गराएको सूचनाअनुसार गम्भीर घाइतेमा ३६ वर्षीया गीता राई, २० वर्षीया सरिता, २७ वर्षीया निर्मला, २३ वर्षीया सम्झना, २७ वर्षीया एकमैया, २० वर्षीया अम्बिका र २३ वर्षीया पवित्रा छन् । उनीहरूलाई जोर्डनको राजधानी अम्मानस्थित किङ हुसेन मेडिकल सिटीको ‘आईसीयू’ कक्षमा उपचार भइरहेको राजदूत झवीन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

‘७ गम्भीर घाइतेमध्ये तीन जनाको हात छिनेको छ । उनीहरूलाई अप्रेसन कक्षमा राखिएको छ । बाँकी चार जनाको अवस्था थप चिन्ताजनक छ,’ उनले भने, ‘सामान्य चोटपटक लागेकाहरू उपचारपछि क्याम्प फर्किसकेका छन् ।’ उनले घटनासम्बन्धी पूर्ण विवरण उपलब्ध गराउन अवैतनिक दूतलाई निर्देशन दिइसकिएको बताए । ‘हाम्रा अवैतनिक दूतले जोर्डन सरकारको परराष्ट्र र श्रम मन्त्रालयका अधिकारीसँग निकट सम्बन्ध रहेर विस्तृत विवरण बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

बसमा सवार महिला कामदार मलिवन, क्याजुअल ओयर, निडली क्राफ्ट, फाइन एपिअरेल र हाइटेक कम्पनीमा कार्यरत थिए । कान्तिपुर |

प्रकाशित : वैशाख ५, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution