हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

फोनबाटै प्रेम,यौनसम्पर्क,गर्भवती अनि हत्या

सुर्खेत — पञ्चपुरी नगरपालिका–२ सालकोटकी गीता चपार्इं र बराहताल–८ कुनाथरीका सुभाष बोहराबीच एक वर्षअघि साथी (परिवर्तित नाम लक्ष्मी) मार्फत चिनजान हुन पुग्यो । पहिलो भेटमै उनीहरूले मोबाइल नम्बर आदानप्रदान गरे । त्यसपछि बारम्बार फोन सम्पर्क हुन थाल्यो |
फोनबाटै उनीहरूबीच प्रेम झांगिँदै गयो । अन्तत: एकले अर्कालाई छुट्नै नसक्ने माया बस्यो । दुवैजनाले असार ६ गते सालकोटको पलैटेबजारमा भेट गरे । भेटपछिको फोनमा विवाह गर्ने निष्कर्षमा पुगे, गीता र सुभाष ।

फोन कुराकानी, दुईपटकको भेट तेस्रो पटकसम्म आउँदा शारीरिक सम्पर्कमा परिणत भयो । असारदेखि पुस ४ गतेसम्म पटक–पटकका भेटमा यौनसम्पर्क भयो । बिहेअघि नै गीता गर्भवती हुन पुगिन् । बिहे गर्न सुभाषलाई आग्रह गरिरहिन् । गीताको आग्रहलाई सुभाषले स्वीकार गरेनन् । यदि बिहे नगरे घरमा गएर आत्महत्या गर्ने गीताको धम्कीपछि सुभाष भेट्न बाध्य भए । अन्तिम भेट अर्थात् पुस ४ को राति ९ बजे उनीहरूबीच बिहेकै विषयमा विवाद भयो । विवादपछि बिहे गर्छु भनी आश्वासन दिएर जामुने जंगलमा लगेर गीतालाई भीरबाटै धकेलिदिए । गीताको घटनास्थलमै मृत्यु भयो । गीताको हत्यापछि फरार १९ वर्षीय सुभाषलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यही चैत २८ गते पक्राउ गर्‍यो । जामुनेमा माघ ९ गते टाउको (कंकाल) फेला पारेको प्रहरीले लामो अनुसन्धानपश्चात अभियुक्तलाई भुम्ती गाउँपालिका–४ काभ्रेबाट पक्राउ गर्‍यो । झन्डै चार महिनापछि पक्राउ परेका सुभाषले गीताको हत्या गरेको स्वीकारे । उनी काभ्रेमा लुकीछिपी मजुदरी गर्दै आएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मानसिक दबाबमा परी सुभाषले गीताको योजनाबद्ध तरिकाले हत्या गरेको जनाएको छ । ‘दुलही स्वीकारेर घर लैजान हिँडाएका’ उनले योजनाबद्ध रूपमा भीरबाट धकेलेको बताए । जिल्ला प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले ग्रिनपार्क एकेडेमी, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हुँदै जामुने जंगल पुगेका सुभाषले घाँटी थिचिथिची खोल्सामा फालेको बयानबाट खुल्न आएको बताए । ‘गीताको चप्पल र कपालमा लगाउने काँटा भीरमै भेटियो,’ एसपी चतुर्वेदीले भने, ‘टाउको कंकाल मात्रै भेटिएकाले कसरी हत्या भयो ? विस्तृत अनुसन्धान हुनै बाँकी छ ।

गीताको सामसुङ मोबाइलसहित सुभाष भोलिपल्ट पुस ५ गते घर हुँदै वीरेन्द्रनगर आएका थिए । सुरक्षित स्थानको खोजीमा उनी त्यसै दिन वीरेन्द्रनगरबाट काठमाडौं गएको प्रहरी अनुसन्धानले जनायो । कल डिटेलअनुसार फोन र फेसबुक म्यासेन्जरमा भएका कुराकानीको अनुसन्धान गर्दै जाँदा उनी पक्राउ परेका हुन् । ‘कल डिटेल हेर्दा नयाँ नम्बरबाट ३७ सेकेन्ड फोन गरेको पाइयो,’ एसपी चतुर्वेदीले भने, ‘फेसबुक ह्याक गर्दा भेटौंन, केही गर्दिनँ जस्ता कुराकानी भएको छ, हत्या उसैले (सुभाष) नै गरेको पाइयो ।’ प्रहरीले सुभाषमाथि कर्तव्य ज्यान अभियोगमा मुद्दा दर्ता चलाइसकेको छ । प्रहरीले बेवारिसे अवस्थामा टाउकाको कंकाल भेटिएपछि अनुसन्धान थालेको समाचार कान्तिपुरमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution