३३ किलो सुन काण्ड: तानिए बाजेको सेकुवाका मालिक

काठमाडौं – तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन काण्डमा अब राजधानीको चर्चित चेन सेकुवा कर्नर ‘बाजेको सेकुवा’ पनि मुछिन पुगेको छ ।
सुन तस्करीका नाइके गोरे भनिने चूडामणि उप्रेतिको कारोबार कनेक्सन सेकुवा कर्नरका मालिक चेतन भण्डारीसँग देखिएपछि प्रहरीको अनुसन्धान कर्नरतर्फ मोडिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
प्रहरीका अनुसार भण्डारीको सुन तस्करीमा अप्रत्यक्ष संलग्नता खुलेको छ । अनुसन्धानका लागि भन्दै प्रहरीले कर्नको बैंक खातासमेत बन्द गरेको छ ।
बैशाख ५, २०७५ मा प्रकाशित