इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक २०७५ का लागि कलाकारहरु बिहिबार आईपुग्ने

तेलअविव | इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साझ २०७५ को लागि नेपाल आइडलका मुख्य तीन कलाकार नेपाल आइडल बुद्ध लामा, दोश्रो निशान भट्टराई र तेश्रो प्रताप दासका साथमा कार्यक्रम संचालक सुशील नेपाल बिहिबार आईपुग्ने भएका छन् ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुख्य आयोजना तथा आदिबासी जनजाती महासंघ इजरायलको आयोजना र इजरायल स्थित संघसंस्थाहरुको सहआयोजक्त्वमा अबको ३ दिन पछि आउदो २० अप्रिल शुक्रबार कार्यक्रम हुने भएको छ |
इजरायलमा रहेका नेपालीहरुका लागि आईपर्ने आपतकालीन अवस्थाका लागि सहयोगार्थ कोष वृद्धि गर्न उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।