नवीना लामाको जनवादी विवाह अनेरास्ववियुले गर्ने

याम्बु – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको वैशाख १३ गते प्रेमी प्रवीण श्रेष्ठसँग जनवादी विवाह गर्ने भएको छ ।
अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नविना र प्रविणबीचको विवाहको आयोजक हुने निर्णय गरेको छ । विवाह आर्मी अफिसर्स क्लबमा हुनेछ । विवाहमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको छ ।
अनेरास्ववियुको अध्यक्ष हुँदै लगन गाँठो कस्ने नवीना दोस्री नेतृ हुनुहुने छ । यसअघि रामकुमारी झाक्रीले अनेरास्ववियुको अध्यक्ष हुँदै विवाह गर्नुभएको थियो ।
१३ गते जनवादी विवाह गर्न लागेका नवीना र प्रवीणबीच डेढ दशक लामो प्रेम सम्बन्ध रहेको उहाँहरुका सहकर्मीले बताउँदै आएका छन् । काभ्रेको कोशीपारी मादन कुडा री की नवीना र पाँचखालका प्रवीणबीच २०५६ सालतिर काठमाडौंको बानेश्वर क्याम्पसमा पढ्ने बेलामा चिनजान भएको थियो ।
त्यतिबेला नवीना माले अखिलबाट र प्रवीण एमाले अखिलबाट विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
२०७५ वैशाख ४