लिभिङ टुगेदरमा बसेकी पूर्णिमा बिकको हत्या, तामाङ पक्राउ

याम्बु । काठमाडौंको बसुन्धारास्थित सुकुम्बासी टोलमा युवतीको हत्या गर्ने युवक पक्राउ परेका छन्।
गोरखा घर भएकी पूर्णिमा बिकको हत्या गरेका पर्सा ठोरी घर भई हाल धापासी बस्ने ३० वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
आईतबार राति करिब करिब १० बजेतिर युवतीको हत्या गरेर हिँडेका तामाङलाई सोमबार बिहान साढे सात बजे प्रहरीले पक्राउ गरेको हो।
प्रवक्ता प्रनाउ मोहन कुमार थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिए अनुसार सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए |
स्थानीयकै सूचनाका आधारमा धापासी कृष्ण मन्दिर आसपासमा प्रल्हाद केसीको घरमा डेरा गरेर बस्ने तामाङललाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
युवतीको टाउकोमा ढुंगाले लागेर गहिरो चोट छ। मृतक युवतीको शवलाई पोष्टमास्टर्मका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
३ वैशाख २०७५