हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको लागि चार करोडको लागतमा सभाहल बनाईँदै

आगामी वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र पारिएको छ। हरेकवर्ष जस्तै आगामी १७ गते २५ सय ६२ औं बुद्धजयन्ती विशेष समारोहका बीच मनाइँदै छ।त्यसको दुई दिनअघि १५ र १६ गते बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदैछ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी अतिथिहरुले तेस्रो दिन हुने बुद्ध जयन्तिको विशेष समारोहमा सहभागिता जनाउने कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीले बताए ।

लुम्बिनीलाई बौद्धधर्मको उद्गमस्थल, विश्व शान्तिको मुहानका रुपमा अघि बढाउने र बौद्ध धर्मको महत्व प्रचारप्रसार तथा अध्ययनलाई विश्वभर फैलाउने उद्देश्य सहित आयोजना हुने सम्मेलनमा २३ बढी देशका अधिकारीहरुले सहभागिता जनाउने छन् ।

जसमध्ये १६ देशले बुद्ध जीवनीमा रहेर कार्यपत्र प्रस्तुत गर्दै छन् । लुम्बिनी नेपालः बुद्धजन्मस्थल तथा बौद्ध दर्शन र विश्व शान्तिको मुहान भन्ने नारा सहित आयोजना गरिएको सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिष्ट हबका रुपमा विकास गर्न योगदान गर्ने विश्वास गरिएको छ ।

सम्मेलनमा बौद्धमार्गी भिक्षु तथा लामा र बौद्ध अध्येता तथा विद्वान् गरी दुईथरी बौद्ध विद्वानहरुको सहभागिता रहने लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीमा ठूला सभा समारोह गर्न व्यवस्थीत सभाहल छैनन् । तर यसपटकको बुद्धजयन्ति भने सभाहलमा हुने भएको छ ।

लुम्बिनीमा स्थान अभाव देखाउँदै २ वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो।

तर उक्त सम्मेलनमा सहभागी बौद्धमार्गी र बौद्ध विद्वानहरुले सम्मेलन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाव दिएपछि अहिले यहाँको आध्यात्मिकतालाई जोडेर लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको हो।

दुई वर्षअघि लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल बनाउने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्म सभाहल निर्माण नभएपछि यसवर्ष मन्त्रिपरिषद्को निर्णय गराई ३ हजार क्षमताको अस्थायी सभाहल निर्माण गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीको सोही निर्देशनपछि चैत पाँच गतेदेखि सभाहल निर्माणको कार्य भईरहेको छ। ४ करोड लागतमा नेपाली सेनाको निगरानीमा निर्माण भईरहेको अस्थायी सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

स्थायी सभाहल नबन्दा सम्म ३/४ वर्ष सम्मलाई काम चलाउने गरी निर्माण गरिएको सभाहल अबको एक साता भित्र निर्माण सम्पन्न हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

फलामे डण्डी, जस्ता प्लाईउडबाट निर्माण गरिएको सभाहलमा अहिले विद्युत जडान, रंगरोगन र बाहिरी सजावटको कामलाई तिव्रता दिईएको छ। सभाहलको लागि ३ हजार प्लाष्टिकका कुर्चीसमेत खरिद गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

विगतमा हुँदै आएका बुद्ध जयन्ती समारोहमा चर्को गर्मी, हावाहुरी र वर्षाले समेत प्रभावित हुँदै आएका थिए । तर यसपटक भने अस्थायी रुपमै भएपनि निर्माण भईरहेको सभाहलका कारण बुद्धजयन्ती समारोह विगतमा भन्दा व्यवस्थीत हुने विकास कोषले दावी गरेको छ।

बुद्धजयन्तीसँगै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएपछि यसैसाता संस्कृती पर्यटन तथा उड्डयनमन्त्री रविन्द्र अधिकारीले लुम्बिनी आई विकासकोषका पदाधिकारी, सुरक्षा निकाय तथा अन्य सरोकारवालासँग छलफल गरेका थिए। सेतोपाटी

३ बैशाख २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution