एनआरएनए इजरायलको प्रेस बिज्ञप्ति,आवेशमा माहोल अलि चर्किन पुगेको

तेलअविव – हिजो १४ अप्रिलमा इजरायलमा भएको एउटा केसको सम्बन्धमा सामाजिक संजालमा विभिन्न टिका टिप्पणी भएकोमा एनआरएनए एनसीसी इजरायल द्वारा प्रेस बिज्ञप्ति जारी गरेको छ |
पारिवारिक सम्बन्धको सवालमा छलफल र मेलमिलापको लागि पुगेकाहरु आवेशमा प्रस्तुत हुदा माहोल अलि चर्किन पुगेको संस्थाका महासचिव तेन्जिन शेर्पा द्वारा जारी बिज्ञप्तिमा जनाएको छ | छलफल हुदै गर्दा दिपक प्रसाद वलीको फेसबुक आईडीबाट भएको लाइभ भिडियो फुटेज,त्यसैगरी वहाँकै फेसबुक मार्फत पोस्ट भएको फोटो र नेहा गुरुङको फेसबुकबाट लाइभ भएको भिडियोलाई लिएर अहिले विभिन्न कमेन्टहरु आउने क्रम जारी भएपछि एनआरएनए इजरायलले प्रेस बिज्ञप्ति जारी गरेको छ |
पूर्ण अंश
मिति १५ अप्रिल २०१८
प्रेस बिज्ञप्ति
एनआरएनए एनसीसी इजरायलका पूर्व अध्यक्ष तथा आई सि सि सदस्य दीपकप्रसाद ओलीले सत्य साईसेन्टर इजरायलकी वरिष्ठ उपाध्यक्ष तारा पोखरेल र निज दीपकप्रसाद ओलीको भिनाजु राज दाहालको विच अनैतिक सम्बन्ध रहेको भनी आफ्नी दिदीलाई न्याय चाहियो भन्दै दीपक प्रसाद ओलीजीले गत १३ अप्रिल शुक्रवारका दिन तेलभिवमा बोलाएको भेलामा एनआरएनए इजरायललाई संस्थागत निवेदन र जानकारी केही नभए पनि उक्त छलफलमा उपस्थित हुन व्यक्तिगत रुपमा बोलाइएको हुनाले एनआरएनए एनसीसी इजरायलको केही पदाधिकारीहरु पनि सो छलफलमा व्यक्तिगत रुपमा नै सहभागी भएको कुरा अवगत गर्दछौं ।सरोकारवाला व्यक्तिहरु र व्यक्तिगत रुपमा नै बोलाईएका राजनैतिक भातृसंगठन प्रवासी नेपाली मन्चका अध्यक्ष तथा बरीष्ठ उपध्यक्ष, आदिबासी जनजाती महसंघका बरीश्ठ उपध्यक्ष लगायत बिभिन्न संघ तथा संस्थाहरुको प्रतीनिधिहरु साथै समाजसेबी तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको अवगत गर्दछौं । शुक्रबारको छलफलमा सम्बन्धित ब्यक्ती भनिएको तारा पोख्रेल अधिकारी र राज दाहालको अनुपस्थितीले छलफल निष्कर्स बिहिन टुङ्गिएको र पुन सनिबार सत्यसाई केन्द्रमा नै भेला भएर दुई पक्षिय कुरा सुनेर बुझेर मात्र समस्याको समधान सम्बदको माध्यमबाट गरी अगाडी बढ्ने छलफल भए बमोजिम सनिबार बिहान ११ बजे सत्यसाई केन्द्रमा भेला भएको अवगत गर्दछौं ।
उक्त छलफलमा भेला भएका महानुभावहरुले आपसी समझदारीमा सत्यतथ्य छानविन गरी पिडितलाई न्याय मिल्ने गरी मिलापत्र गराउने कोशिस गरिएको भएपनि सम्बन्धित पक्षहरु उत्तेजनामा गई मिल्न नखोजेको र झैँ झगडा तर्फ नै उन्मुख भएकोले सो भेला निष्कर्ष बिहिन भएको कुरा सबैलाई अवगत नै छ। त्यहा कुनैपनि त्यस्तो सांघातिक आक्रमण नभएको तर दुवै पक्ष संयमित नभई आवेशमा प्रस्तुत हुदा माहोल अलि चर्किन पुगेको र भेलामा उपस्थित ब्यक्तित्वहरुले माहोललाई सम्हाल्ने, समस्याको समाधानमा लाग्न जोड़ दिएका थिए तर सहमति र मिलापत्रको अर्को प्रयास नगरी मनमा लागेको कुराहरु बोल्दै भिडियोहरु बनाएर फेसबुकमा राख्ने र बिभिन्न खालका अश्लिल फोटाहरु समेत फेसबुकमा अपलोड गरी एनआरएनए इजरायललाई समेत उक्त घट्नामा मुछ्ने काम भएकोमा एनआरएनए एनसीसी इजरायलको गम्भिर ध्यानाकर्षण भएको छ।
प्रमाणको आधारमा पीडकले संजाय र पीडितलाई न्याय दिने राज्यका सम्वन्धित निकायहरु हुँदाहुँदै मनपरी ढंगले सामाजिक संजालमा यसरी दोहरी खेल्नु मुनासिव र न्यायोचित नभएको हुनाले सम्बन्धित पक्षलाई यस्ता गतिविधिहरु तत्काल बन्द गर्न हामी हार्दिक आव्ह्वान गर्दछौं। यस्ता खालका गतिविधिले कसैको पनि बिजय नहुने र हाम्रो समाज र हरेकका घरपरिवारमा समेत खराव मनोवैज्ञानिक असर पर्ने कुरा फेरीपनि स्मरण गराउन चाहन्छौं।
उक्त झगडाले अप्रिय रुप नलेओस् भन्ने अभिप्रायले एनआरएनए एनसीसी इजरायलले सकारात्मक सल्लाह तथा सुझावहरु दिंदै आए पनि सम्बन्धित व्यक्तिहरुले मनन नगरी वेवास्ता गर्दै फेसबुकलाई नै अदालत सम्झने र फेसवुकमा नै रणसंग्राम गर्दै नाङ्गो नाच देखाई रहेको हुनाले यस्ता कृयाकलापले कुनैपनि किसिमको अप्रिय घट्ना हुन गएमा त्यसको जिम्मेवार सम्बन्धित व्यक्तिहरु नै हुनपर्ने कुरा सार्वजनिक रुपमा सचेत गराउन चाहन्छौं। यस घट्नालाई लिएर कुनैपनि व्यक्ति या पक्षले एनआरएनए एनसीसी इजरायललाई बिबादमा जोड्ने काम नगरी दिन हुन हामी हार्दिक अनुरोध गर्दछौं। यदी कसैले नियतवस यस संस्थालाई उक्त घट्नाको पक्ष या बिपक्षमा बिबादमा पार्ने र लान्छना लगाउने कार्य गरे त्यसको जिम्मेवार एनआरएनए एनसीसी इजरायल नहुने कुरा समस्त पत्रकारज्यूहरु लगायत सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस बिज्ञप्ति जारी गरिएको व्यहोरा अनुरोध छ।