हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

सिरियामा अमेरिकी नेतृत्वमा तीन देशको संयुक्त आक्रमण, तेस्रो विश्वयुद्ध निम्तिने रुसको चेतावनी

सिरियाली सरकारले रासायनीक हतियार लुकाएको भन्दै अमेरिका नेतृत्वको सेनाले सिरियामाथि अाक्रमण गरेको छ।

अमेरिका, बेलायत र फ्रान्सले सिरियामा हवाइ अाक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्मयहरूले जनाएका छन् ।

शुक्रबार अबेर रातमा सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरु सुनिएका छन्। ती सैन्य आक्रमणहरुले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरुलाई लक्ष्य बनाएका छन्।

विशेषगरी सिरियाली राजधानीमा सुरु भएको यो आक्रमण अमेरिकी नेतृत्वमा भएको न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल असादले गत साता दमसास्क नजिकैका क्षेत्रमा रासायनीक हतियारको प्रयोग गरी अाक्रमण गरेको अारोप लगाएको साता दिनमै अमेरिकी नेतृत्वको सेनाले हवाइ अाक्रमण गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेको जानकारी दिएका छन्। उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए।

उनले आफूहरुलाई बेलायत र फ्रान्सले पनि साथ दिएको र संयुक्त सेनाले सो हमला गरेको जानकारी गराएका छन्। यी तीन देशका सेनाले संयुक्त रुपमा आक्रमण थालेका विश्वका बीबीसीले जनाएको छ।

आक्रमण शुक्रबार मध्यरातबाट सुरू भएको थियो। अाक्रमणको क्षतीको विवरण प्राप्त भइसकेको छैन्।

सिरियाली राष्ट्रपति असदको सरकारले रासायनिक हतियार कहिल्यै प्रयोग नगरेको दाबी गर्दै अाएको छ। गत शनिबार डुमामा विद्रोहीहरुले जालसाजी गरेर उक्त घटना गराएको बताएको सरकारले दाबी गरेको छ।

सरकारले उसको सम्पूर्ण रासायनियक अस्त्र निर्माणगृह सन २०१३ को आक्रमणलगत्तै अमेरिका र रुसले गरेको मध्यस्थतापछि ध्वस्त पारेको बताउँदै अाएको छ। त्यसपछि स्नायुप्रणालीमा असर पार्ने सरिन तत्व भरिएको रकेट दमास्कस शहरबाहिर रहेका विपक्षी नियन्त्रित क्षेत्रमा प्रहार गरिएको थियो जसबाट सयौं मानिस मारिएका थिए।

तर रासायनियक अस्त्रविरुद्धको राष्ट्रसंघीय निकाय ओपीसीडब्लुले त्यसपछि भएका चारवटा रासायनिक अस्त्र आक्रमणमा सरकारको संलग्नता रहेको बताएको छ। त्यसमध्ये एप्रिल २०१७ मा विद्रोही नियन्त्रित नगर खान शेखुनमाथि भएको आक्रमण पनि एक हो। त्यस आक्रमणमा पनि सरिन प्रयोग गरिएको थियो र ८० जनाको ज्यान गएको थियो।

यसैबीच अमेरिकी नेतृत्वको सेनाले १०० वटा मिसाइल सिरियामा पठाएको थिए। दामस्कसले ती मध्ये १५ वटालार्इ खसालेको अन्य केहीलार्इ डाइभर्ट गरिदिएको फार्स न्यूजले जनाएको छ। सिरियामाथिको अाक्रमणलार्इ नाटोले समेत स्वागत गरेको छ।

यसैबीच सिरियामा अमेरिकी अाक्रमणपछि सडकमा सर्वसाधरणहरू सरकारको समर्थनमा उत्रिएको समाचारमा उल्लेख छ। सडकमा उत्रिएका सर्वसाधारणले सिरियाँसँग रूस र इरानको झण्डा समेत फहराएका छन्।

रूसले दियो तेस्रो विश्वयुद्धको चेतावनी

अाक्रमणले तेस्रो विश्वयुद्ध निम्त्याउने रूसले चेतावनी दिएको छ। रूसी समाचार एजेन्सीले यसले ठूलो युद्ध निम्त्याउने र तेस्रो विश्वयुद्धको रूप धारण गर्न सक्ने भन्दै रूसी रक्षा मन्त्रालयलार्इ उदृत गर्दै सभाचार प्रकाशित गरेको छ।

रूसी रक्षा मन्त्रालयले अमेरिकी अाक्रमण सर्वसाधरण नागरिकी माथि भएको र भौतिक संरचनालार्इ लक्षित गरिएको बताएको छ।

दुष्परिणाम निम्तिने इरानी चेतावनी

यसैबीच इरानले अाक्रमणको निन्दा गरेको छ। उसले अाक्रमणले क्षेत्रीय दुष्परिणाम निम्त्याउने चेतावनी दिएको हिज्बुल्लाहको अल-मनार टेलिभिजनले जनाएको बीबीसीमा समाचार छ।

समाचार संस्था एएफपीले इरानी विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ, ‘संयुक्त राज्य अमेरिका र उसका साझेदार मुलुकहरूसँग कुनै प्रमाण छैन र उनीहरूले रासायनिक अस्त्र नियन्त्रणसम्बन्धी निकाय (ओपीसीडब्ल्यू) ले धारणा नबनाउँदै आक्रमण गरेका छन्। र, उनीहरू क्षेत्रीय दुष्परिणामका लागि जिम्मेवार छन्।’

सिरिया इरानको मित्र राष्ट्र हो। पहिलो पोस्ट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution