२५६२ औ बुद्धजयन्तीमा १५ देशका संस्कृति मन्त्रीलाई नेपालको निम्तो

काठमाडौं – सरकारले २५६२ औ बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएकाे छ।
अन्तर्राष्ट्रिय सम्मेलनमा २३ मुलुकका बौद्ध विद्वान एवं १५ मुलुकका संस्कृति एवं धार्मिक मामिलामन्त्रीको सहभागिता रहने बिहीबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
सरकारले दोस्रो पटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनसहित बुद्ध जयन्ती मनाउन लागेको हो। यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा प्रथम अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरिएको थियो। यो पटक बुद्ध जयन्तीसम्बन्धी सम्पूर्ण कार्यक्रम लुम्बिनीमै हुनेछन् |
पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले संयुक्त राष्ट्रिसंघको सहयोगमा १९७८ बाट सुरु भएको लुम्बिनी विकास गुरु योजना अन्तर्गतका अधुरा कामहरु दुई वर्षमा पुरा गर्ने वाचा गरे। लुम्बिनीलाई बौद्ध अध्ययन केन्द्र, धार्मिक पर्यटन विकासको थलोका रुपमा स्थापित गराउने लक्ष्यसहित आफूले काम गरिरहेको उनले बताए |