फिफा वरीयतामा नेपाल ३ स्थान माथि उक्लीयो

काठमाडौं : विश्व पुटबलको सर्वोच्च निकाय फिफाले अप्रिल महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल ३ स्थान माथि उक्लिएको छ। अघिल्लो महिना १६५औँ स्थानमा रहेको नेपाल ३ स्थान सुधार गर्दै १६२औँ स्थानमा उक्लेको हो।
दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत २ स्थान सुधार गर्दै ९७औँ स्थानमा उक्लेको छ। अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स ३ स्थान सुधार गर्दै १४७औँ स्थान उक्लेको छ। ४ स्थान सुधार गरेको भुटान १८४औँ स्थानमा उक्लेको छ। बंगलादेश १९७औँ स्थानमा यथावत छ।