सांसद नविना लामाको विवाह वैशाख १३ गते,प्रमुख आतिथ्यमा प्रधानमन्त्री केपी वली

२९ चैत, काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधिसभामा नेकपा एमालेकी सांसद नविना लामा वैशाख दोस्रो साता वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् ।
लामाले अनेरास्ववियुकै पूर्व नेता प्रवीण श्रेष्ठसँगको प्रेम सम्बन्धलाई वैशाख १३ गते वैवाहिक समबन्धमा परिणत गर्न लागेकी हुन् ।
नविना र प्रविणले वैवाहिक समारोहको प्रमुख आतिथ्यका लागि विहिवारै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निम्ता दिएका छन् ।
३५ वषर्ीया युवा नेतृ नविनाको विहे आर्मी अफिसर्स क्लबमा तय भएको छ ।
अनेरास्ववियुको अध्यक्ष भएकै बेला विहे गर्ने नविना रामकुमारी झाँक्रीपछि दोस्रो नेता हुन् ।