हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

मेलम्चीको पानी काठमाडौँ लैजान नदिने कानुनमन्त्री शेरबहादुर तामाङ र स्थानीयको चेतावनी

सिन्धुपाल्चोक- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ औपचारिक रुपमा बिहीबार उद्घाटन भए पनि कानुनमन्त्री शेरबहादुर तामाङ तथा स्थानीयबासीले सिन्धुपाल्चोकबासीलाई बेवास्ता नगर्न चेतावनी दिएका छन्।

स्थानीयबासीले आफ्ना माग सम्बोधन नभए मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनीसमेत दिएका छन्।
कानुनमन्त्री तथा सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले मेलम्ची, याङग्री र लार्केको पानी दिन सिन्धुपाल्चोक तयार रहेको बताए। उनले भने, ‘स्थानीयले मेलम्ची, याङग्री र लार्केको पानी दिन तयार छ। तर बेवास्ता नगर।’

उनले सिन्धुपाल्चोकको स्रोतले काठमाडौं समृद्ध बन्‍ने भए सिन्धुपाल्चोकबासीलाई माग्ने नबनाउन आग्रह गरे। उनले भने, ‘आयोजना सकिन लाग्दा सिन्धुपाल्चोक बासी भने चिन्तित बन्दै गएको यहाँको खानेपानीको समस्या हल होस्।’

यस्तै स्थानीय सरोकार समितिका अध्यक्ष उपेन्द्र तामाङले स्थानीयका माग सम्बोधन नगरे पानी लैजान नदिने चेतावनी दिएका छन्। स्थानीयवासीले लेबी पाउनु पर्ने माग गर्दै उनले भने, ‘स्थानीयलाई बेवास्ता गर्‍यो। अधिकार सुनिश्चित नगरे अवरोध गर्छौ। दुबैतिरबाट टनेल थुन्छौं। ढुक्क भए हुन्छ, यो पाराले पाँच वर्ष पानी जाँदैन काठमाडौं।’

खानेपानी मन्त्री बिना मगरले  मेलम्ची बन्दै गर्दा काठमाडौंमा उमंग थपिंदै गएको तर स्थानीयलाई पीडा भएको स्वीकार गर्दै आयोजना कडा मेहनतले बनेको भन्दै अब जसरी पनि बन्ने र सरकारले स्थानीयको माग पनि सुन्ने बताइन्। ‘कानुन अनुसार सम्बोधन गर्छौं, स्थानीयलाई पीडित बनाएर काठमाडौं पानी लाँदैनौं, निराश नहुनुस् ।

सुन्दरीजलमा पानि खस्ने सुनिश्चित भयो अब काठमाडौंमा बाँड्न पनि सहयोग आवश्यक छ। कुनैपनि हालतमा काम नरोक्न र आयोजनालाई अब ढिलो गर्न छुट छैन,’ उनले भनिन्।
उनले स्थानीयकै सहयोगले आयोजना सकिन लागेको भन्दै स्वच्छ पानी पिउने अवसर काठमाडौंलाई दिएकोमा धन्यवाद दिँँदै स्थानीयका माग तत्काल सम्वोधन गर्ने बताइन्। ‘काठमाडौंलाई मेलम्चीको व्यग्र प्रतीक्षामा छ, नरोकिदिनुस्,’ खानेपानी मन्त्री मगरले भनिन्।
आयोजना प्रमुख रामचन्द्र देवकोटाले दशैँअघि नै राजधानीबासीलाई यहाँको पानी पुर्‍याउन टनेलको भुईँ ढलान, फिनिसिङ, वैकल्पिक पाइपलाइनजस्ता काम बाँकी रहेको र ती काम पनि समयमै सक्ने बताएका छन्।


उनले भने, ‘दशैँअघि पानी पुर्‍याउन टनेलको भुईँ ढलान, फिनिसिङ, बैकल्पिक पाइपलाइन जस्ता काम बाँकी नै छन् र समयमै सक्‍ने योजनामा छौँ।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution