किरात याक्थुङ चुम्लुङ इजरायलको पाँचौ वार्षिकोत्सब तथा साधारण सभा हुदै

तेलअविव – किरात याक्थुङ चुम्लुङ इजरायलको पाँचौ वार्षिकोत्सब तथा साधारण सभा आउदो १३ अप्रील २०१८(शुक्रबार) हुने भएको छ |
तेल अविव स्थित लेवेण्डाको ३२ हलमा पाँचौ वार्षिकोत्सब तथा साधारण सभा बेलुका ७:०० बजे देखि शुरु हुने संस्थाकी सचिव नुमा काङ्भा बखिमले जानकारी दिनु भएको छ |
कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन उपस्थितिका लागि इजरायलवासी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा किरात याक्थुङ चुम्लुङ इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |