हेडलाईन

नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न        

मेलम्चीको पानी आगामी असोज महिनाभित्र काठमाडौँमा

काठमाडौँ, चैत २८ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ब्रेकथ्रु चैत २९ गते गरिनेभएको छ भने आगामी असोज महिनाभित्र काठमाडौँमा पानी ल्याउने तयारी भएको छ । खानेपानी मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । सो अवसरमा खानेपानी मन्त्री विना मगरले दसैँअघि नै मेलम्चीको पानी काठमाडौँमा ल्याउने प्रतिबद्धता दोहो¥याउनुभयो । मन्त्री मगरले भन्नुभयो, सुरुङको हामी २९ गते अन्तिम ब्रेकथ्रु गर्दैछौँ, वैकल्पिक बाटोद्वारा भए पनि जनतालाई छिटो सेवा प्रवाह गर्नेछौँ ।
मङ्गलबार राति सिन्धु–ग्याल्थुम सुरुङ खण्डको ब्रेकथ्रु भएको छ तर अन्तिम र औपचारिक ब्रेकथ्रु भने २९ गते गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका महानिर्देशक रामचन्द्र देवकोटाले भन्नुभयो, प्राविधिक रूपमा आजै ब्रेकथ्रु हुन्छ तर विधिवत रूपमा २९ गते गर्ने योजनामा छौँ ।


मङ्गलबार सिन्धु–ग्याल्थुम खण्डको ७.८ किलोमिटर सुरुङको ब्रेकथ्रु भएपछि सुन्दरीजलबाट मेलम्ची हेडवक्र्ससम्म सुरुङको भित्रभित्रैबाट पुग्न सकिन्छ । समितिका अनुसार २६ किमी लामो सुरुङ खन्ने काम सम्पन्न भएको छ । हेडवक्र्सको मुख्य संरचना, भेण्ट साफ्ट तथा सुरुङको फाइनल फिनिसिङ बाँकी रहेको र केही महिनामा सम्पन्न हुने जनाइएको छ । हालसम्म निर्माण सम्झौताको कुल भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत भएको समितिका महानिर्देशक देवकोटाले बताउनुभयो ।

सन् २००८ मा सरकार र एडीबीबीच सम्झौता भई आयोजनाको मुख्य कार्यको निर्माणको थालनी भएको थियो । सन् २०१० को जुनबाट सुरुङ खन्ने कामको थालनी भएको थियो । चाइनिज निर्माण कम्पनी सीसीआसीले करिब ३ वर्षमा जम्मा ६.५ किलोमिटर सुरुङ खनेको थियो । सन् २०१२ सेप्टेम्बरमा सो निर्माण कम्पनीसँग सम्झौता खारेज गरिएको थियो । नयाँ निर्माण कम्पनी सीएमसी डी–रेभेना इटालीले २०१४ को जनवरीबाट निर्माण कार्य सुरु भएको थियो । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रुपियाँ रहेको समितिले जनाएको छ ।

मेलम्ची परियोजना–२ अन्तर्गत सुन्दरीजलमा दैनिक ८.५ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । दोस्रो प्रशोधन केन्द्रको हालसम्म २५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । २०१८ को डिसेम्बरसम्म दोस्रो प्रशोधन केन्द्र पनि सम्पन्न गरिने समितिले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको दैनिक ३४ करोड लिटर पानी थप गर्नका लागि डिजाइन परामर्श छनोट गरिसकिएको छ । सुरुङको ब्रेकथ्रु भएपछि सुरुङको आरसीसी ढलानसहितको फिनिसिङ, चार स्थानको भेन्टिलेसन र हेडवक्र्सको काम गर्न बाँकी रहने छ । हालका लागि इचोक, थकनी र मेलम्ची नजिक भेन्टिलेसन राखिने भएको छ ।
उपआयोजना–२ अन्तर्गत मेलम्चीको पानी वितरण गर्ने पाइपलाइनको काम झण्डै ९२ प्रतिशत सम्पन्न भएको छ । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६६३ किमी सम्पन्न भएको छ भने थोक वितरण प्रणालीतर्फ ५५ किमी सम्पन्न भएको छ ।

अब वितरण सञ्जालतर्फ २० किमी र थोक वितरण प्रणालीतर्फ ४० किमी बाँकी रहेको मेलम्ची खानेपानी विकास समिति उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । मेलम्चीको पानी तत्काल वितरण गर्न सक्ने तयारी अवस्थामा आफूहरू रहेको निर्देशनालयको भनाइ छ ।

आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नेछ । हालसम्म ५ हजार धारा जडान गरिसकेको छ । तीन अर्ब रुपियाँको पाइप बिछ्याइएको छ । कुल बजेटको ८० प्रतिशत रकम पाइपलाइनमा खर्च हुँदै आएको छ । १५ प्रतिशत पानी ट्याङ्की निर्माणमा खर्च भएको छ । पाइपलाइन विस्तार, ट्याङ्की निर्माण लगायतका पूरै संरचना निर्माण हुन भने सन् २०२० सम्म लाग्ने निर्देशनालयले जनाएको छ ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना सुरु भए पनि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमी सुरुङ खन्नुपर्ने हुन्छ । समिति अनुसार सन् २०१८ देखि २२ सम्ममा याङ्री र लार्के खोलाको पानी पनि आउने छ । याङ्री र लार्के खोलाको पानी ल्याएपछि काठमाडौँवासीको घरको धारमा दैनिक ६ घण्टा पानी आउने छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution