जुक्करबर्गलाई प्रश्न – फेसबुकको प्रतिस्पर्धी को हो ?

मार्क जुक्करबर्गले हिजो अमेरिकी सिनेटको न्यायिक र व्यापारिक कमिटीको संयुक्त सेसनलाई सामना गर्नुपर्यो । सो क्रममा फेसबुकको प्रमुख कार्यकारी रहेका जुक्करबर्गलाई उनको कम्पनी एकाधिकारपूर्ण हो कि होइन प्रश्न गरिएको थियो ।
फेसबुकको एकाधिकार चरित्रबारे अघिल्लो वर्षबाट चिन्ता गरिन थालिएको छ । यो चासोले फेसबुकलाई टुक्राउनुपर्ने माग बढिरहेको छ । जुक्करवर्गसँगको सबाल जवाफमा साउथ क्यारोलाइनका रिपब्लीकन सिनेटर लिण्डसे ग्राहमले पहिलो पटक फेसबुकको एकाधिकार चरित्रबारेमा प्रश्न सोधेका थिए । त्यसपछि सिनेटर ड्यान सुलिभ्यानले नियमनले प्रभुत्वशाली शक्तिलाई रोक्ने बताए । यो सन्दर्भमा फेसबुक प्रभुत्वशाली शक्ति हो ।
“तपाईको सबैभन्दा ठूलो प्रतिस्पर्धी को हो ?”ग्राहमले जुक्करवर्गलाई सोधे । फेसबुकका प्रमुख कार्यकारी अधिकृतले यसको जवाफ दिन संघर्ष गरिरहेको देखिन्थ्यो । उनले फेसबुकको प्रतिस्पर्धीहरु गुगल, एप्पल, अमेजन र माइक्रोसफ्ट भएको उत्तर दिए । उनले यी कम्पनीहरुको फेसबुकसँग विभिन्न हिसाबले काम मिल्ने बताए ।
जुक्करवर्गको यस्तो अस्पष्ट उत्तर पछि ग्राहमले पुन सोधेका थिए “यसलाई म अलि स्पष्ट पार्न चाहन्छु । यदी मैले फोर्डको कार किने र यसले राम्रोसँग काम गरेन र मलाई मन परेन भने म अरु कार किन्न सक्छु । यदी मलाई फेसबुक मन परेन भने यसको समानार्थी उत्पादन के हो जसलाई म प्रयोग गर्न सक्छु ?”
यसरी स्पष्ट पार्दा पनि मार्क जक्करवर्गले फेसबुकको सेवाको विभिन्न वर्गिकरण रहेको बताउन थालेपछि जुक्करवर्गलाई बीचमै काटेर आफ्नो प्रश्नलाई पुन दोहो¥याए ।
“मैले वर्गिकरणको बारेमा कुरा गरेको होइन । मैले तपाईले झेलिरहेको वास्तविक प्रतिस्पर्धाको कुरा गरिरहेको छु । किनकी कार कम्पनीहरुले धेरै प्रतिस्पर्धा झेल्दछन् । तिनले खोटपुर्ण कारहरु बजारमा पठाउन थाले भने मानिसहरुले त्यसलाई किन्न छाड्छन् र अर्कै कार किन्न थाल्दछन् । के फेसबुकको निजी क्षेत्रमा कुनै विकल्प छ ?”
जुक्करवर्ग त्यसपछि औसत अमेरिकीले मित्रहरुसँग जोडिन आठ विभिन्न प्रकारको एपहरु प्रयोग गर्छन् भनेर लामो उत्तर दिन थाले । उनी फेसबुकलाई आठ मध्य एक भएको देखाउने प्रयासमा थिए ।
लगत्तै जुक्करवर्गलाई रोकेर उनले फेसबुक एकाधिकार हो कि होइन भनेर सोधे ।
“मलाई त त्यस्तो लाग्दैन ।” जुक्करवर्गले यो उत्तर दिँदा सेसन चलिरहेको कोठामा हाँसोको लहर फैलिएको थिए ।
दुईको सबाल जवाफको पूर्ण पाठ यस्तो छः
सिनेटर लिण्डसे ग्राहम –तपाईको सबैभन्दा ठूलो प्रतिस्पर्धी को हो ?
मार्क जुक्करवर्ग – अँ, सिनेटर हाम्रा थुप्रै प्रतिस्पर्धी रहेका छन् ।
ग्राहम – तपाईको सबैभन्दा ठूलो प्रतिस्पर्धी चाँही को हो ?
जुक्करवर्ग – वर्गीकरणहरु…के तपाई एउटा मात्र (नाम) चाहनुहुन्छ ? म स्पष्ट भइन । म एउटाको (नाम) दिन सक्छु तर म धेरै वटाको (नाम) पनि दिनसक्छु ? म तीनवटा वर्गिकरणमा केन्द्रित हुनेछु । एउटा भनेको अरु प्रविधि प्लाटफर्म – गुगल, एप्पल, अमेजन, माइक्रोसफ्ट हुन् । यीको काम हाम्रोसँग विभिन्न तरिकाले सम्बन्धीत छन् ।
ग्राहम – के तिनले तपाईहरुको जस्तै सेवा प्रदान गर्छन ?
जुक्करवर्ग– फरक तरिकाले ।
ग्राहम – यसलाई म अलि स्पष्ट पार्न चाहन्छु । यदी मैले फोर्डको कार किने र यसले राम्रोसँग काम गरेन र मलाई मन परेन भने म अरु कार किन्न सक्छु । यदी म फेसबुक मन परेन भने यसको समानार्थी उत्पादन के हो जसलाई म प्रयोग गर्न सक्छु ?
जुक्करवर्ग – मैले कुरा गर्न थालेको दोश्रो वर्गिकरण त्यही….
ग्राहम –मैले वर्गिकरणको बारेमा कुरा गरेको होइन । मैले तपाईले झेलिरहेको वास्तविक प्रतिस्पर्धाको कुरा गरिरहेको छु । किनकी कार कम्पनीहरुले धेरै प्रतिस्पर्धा झेल्दछन् । तिनले खोटपुर्ण कारहरु बनाएर बजार पठाए भने मानिसहरुले त्यसलाई किन्न छाड्छन् र अर्कै कार किन्न थाल्दछन् । के फेसबुकको निजी क्षेत्रमा कुनै विकल्प छ ?
जुक्करवर्ग – औसत अमेरिकीहरुले आठवटा विभिन्न एपहरु मार्फत आफ्ना साथीहरुसँग अन्तरक्रिया गर्छन । यसमा टेक्टदेखि इ–मेल….
ग्राहम – तिनले तपाईहरुले दिने जस्तै सेवा प्रदान गर्छन् ?
जुक्करवर्ग – खासमा हामी धेरै प्रकारको सेवाहरु प्रदान गर्छौ ।
ग्राहम – के ट्वीटर तपाईहरुले गरे जस्तै हो ?
जुक्करवर्ग – यसको केही हिस्सा हामीले गरेको कामसँग मिल्दछ ।
ग्राहम – के तपाईसँग एकाधिकार छ भन्ने विश्वास गर्नुहुन्छ ?
जुक्करवर्ग – निश्चित रुपमा मलाई त त्यस्तो लाग्दैन ।
(हाँसो)
ग्राहम –तपाईले इन्टाग्राम किन्नु भयो । तपाईले इन्टाग्राम किन किन्नु भयो ?
जुक्करवर्ग – किनकी उनीहरु धरै प्रतिभावान एप निर्माता थिए जसले हाम्रो प्लाटफर्मको उलेख्य प्रयोग गरिरहेका थिए र तिनले हाम्रो मुल्यमान्यता बुझेका…
ग्राहम – यो राम्रो व्यापारिक निर्णय थियो । तर मेरो सबाल भनेको कम्पनीलाई नियमन गर्ने एक तरिका भनेको प्रतिस्पर्धा हो, सरकारी नियमन हो । मेरो प्रश्न भनेको हामीले हाम्रो मतदाताहरुलाई के भन्ने ? आज यहाँ जे भयो त्यसपछि किन हामीले तपाई स्व–नियमन गर्न दिने ? साउथ कारोलिनका जनतालाई तपाई के भन्नुहुन्छ ? आज यहाँ जे जति भयो त्यसपछि पनि तपाई आफैलाई तपाईको व्यापारिक अभ्यासलाई नियमन गर्न दिनु सहि निर्णय हो किन लाग्छ ?
जुक्करवर्ग –सिनेटर नियमन हुनु हुदैन भन्ने मेरो धारणा होइन । मलाई इन्टरनेट …
ग्राहम –तपाई नियमनलाई स्वीकार्नु हुन्छ ?
जुक्करवर्ग – इन्टरनेट मानिसहरुको जीवनमा बढी महत्वपूर्ण हुँदै गर्दा मलाई लाग्छ कि सहि नियमन…
ग्राहम –कम्पनीको रुपमा तपाई नियमनलाई स्वागत गर्नु पर्छ ?
जुक्करवर्ग ः यदी यो सही नियमन हो भने गर्छु ।
ग्राहम – तपाई युरोपेलीहरुसँग पनि यो अधिकार छ भन्ने विश्वास गर्नुहुन्छ ?
जुक्करवर्ग ः मलाई लाग्छ तिनले …सही …गरे ।
(हाँसो)