प्रहरीको नयाँ आइजिपीमा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र खनाल

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ।
बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो। नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार दुबै जना बुधबारदेखि महानिरीक्षक हुने सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
२७ चैत्र २०७४